गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा सम्पन्न पहिलो खाना परिकार मेला तथा लाखे महोत्सवको आकर्षण नेवा छमछमीको उपाधी दिपमा खुलालले हासिल गरेकी छिन । मंगलबार सम्पन्न फाईनलमा २२ जना प्रतियोगिलाई पछाडी पार्दै खुलालले उपाधी हात पारेकी हुन । नेवा छमछमीको उपाधी सगै खुलालले नगद २१ हजार र प्रमाण पत्र प्राप्त गरिन । आकाशैमा बोलका गितमा नित्य प्रस्तुत गरेकी खुलाल नृत्य क्षेत्रको चम्किलो तारा भएको प्रतियोगिताका निर्णयाक शैलेन्द्र खतिवडाले टिप्पणी गरे ।

समाचार मन परे Like गर्न नभुलौ ।

त्यस्तै नेवा छमछमीमा प्रेम कुमारी मगरले द्धितिय स्थान हासिल गरेकी छिन । मगर द्धितिय स्थान सँगै नगद १५ हजारले पुरस्कृत भईन । तृतीय स्थान भने मुना तुम्बायोले प्राप्त गरिन । उनीले नगद ११ हजार प्राप्त गरेकी आयोजक दिनेश श्रेष्ठले जानकारी दिए । स्थानीय प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यका साथ नेवा छमछमी प्रतियोगिता आयोजना गरिएको हो । कला संस्कृतीको जर्गेना गर्ने ध्ययले लाखे महोत्सवमा नेवा छमछमी प्रतियोगिता समेत राखिएको छ । छमछमी प्रतियोगितामा सहभागि २२ जना मध्ये सोमबार साँझ ८ जना सहभागी प्रतियोगिताबाट बाहिरिएका थिए । नेवा छमछमी प्रतियोगितामा १४ जना दोस्रो चरणमा र ११ जनाले फाईनल प्रतिस्पर्धा गरेका झिगुँ नेवा पुःचका सदस्य दिनेश श्रेष्ठले जानकारी दिए । कला संस्कृति र प्रतिभालाई संरक्षण सम्बर्द्धन गर्दै अगाडि बढिरहेको झिगु नेवा पुच गाईघाटले ‘ब्यक्ति एक प्रतिभा अनेक’ भन्ने मुल नाराको साथ नेवा छमछमी सिजन २ आयोजना गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: