तुलसी प्रसाद कोईराला
उदयपुर । विप्लव नेतृत्वको उदयपुर जिल्ला ईन्चार्ज केदार राई सर्वोच्च अदालतको आदेशमा रिहा हुने भएका छन । वम विष्फोट गराई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला कारागार उदयपुरमा रहेका राईलाई सर्वोच्च अदालतले थुना मुक्त गर्न आदेश दिएको हो ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधिस केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले थुना बाहिरै रहेर मुद्दा लड्न पाउने निर्णय गरेको जनाईएको छ । सर्वाेच्चको आदेश पछि नेता राई संम्भवत आईतबार रिहा हुने भएका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवीप्रसाद फागोको प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार वादी रहेको चुनावको बेला उम्मेदवारलाई वम विष्फोट गराई ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्नु भनेको थियो । जिल्ला अदालतको आदेश विरुद्द उच्च अदालतको अस्थायी ईजलास ओखलढुङ्गामा परेको रिटमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश विरुद्ध राई सर्वाेच्च अदालत गएका थिए । राईले एक महिना अघि २०७५।०८।०६ जिल्ला र उच्च अदालतको आदेश विरुद्ध निवेदन दिएका थिए । राईको रिट निवेदन चार पटक पेसी चडेर पनि निर्णय भएको थिएन । दुई पटक हेर्न नभ्याईएको, एक पटक स्थगित र एक पटक हेर्न नमिल्ने भनि पेसी सरेको थियो । उदयपुर नै घर भएका न्यायधिस प्रकासमान सिंह राउत र हरिकृष्ण राउतको ईजलासमा मंसिर २८ गते राईको मुद्दा परेको थियो । तर मुद्दाको पक्ष उदयपुरकै र न्यायधिस समेत उदयपुरकै परेको कारण हेर्न नमिल्ने भनेर स्थगित भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया