गाईघाट । जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष प्रदिप श्रेष्ठ प्रदेश नम्बर १ को एन्फा एकेडेमीको कोषाध्यक्षमा मनोनयन भएका छन । अखिल नेपाल फुटवल संघ एन्फाको सोमबारको निर्णयानुसार एन्फा एकेडेमीको कोषाध्यक्षमा मनोनयनमा परेका हुन । प्रदेश नम्बर १ को एकेडेमीको सदस्यमा एन्फा उदयपुरका अध्यक्ष रंन्जन कार्की पनि चयन भएका छन ।
फिफाको सहयोगमा गोल प्रोजेक्टमार्फत एन्फा एकेडेमीहरू सञ्चालनमा आउने भएका छन । १ नम्बर प्रदेशको एकेडेमी धरानमा रहने एन्फा प्रबक्ता किरण राईले बताए । हाल ७ वटै प्रदेशमा एकेडेमी संचालन गर्ने एन्फाको तयारी छ । एकेडेमीमा छनोट हुने खेलाडीहरू १४ देखि १५ वर्ष उमेरका हुने र उनीहरूको पठनपाठन, प्रशिक्षण, खेलसामग्री र खानालगायत सबै आवासीय हुने उक्त रकम २५ जना खेलाडी उत्पादन गर्न लाग्ने चार वर्षको हो ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: