समाचार/लेखलाई सेयर गर्नुहोस् ।

नेपालटार । उदयपुरगढी गोल्डकप प्रतियोगिताको उपाधीको लागि आयोजक उदयपुरगढी र फ्युजन फुटवल क्लब बोक्से विच प्रतिस्पर्धा हुने भएको छ । शनिबार स्थानीय भकुण्डे चौरमा हुने प्रतियोगितामा बोक्सेले आयोजकको सामना गर्ने भएको हो । युवा मा आश खेलकुदमा बिकास, उदयपुरगढी गाउँपालिकाको पहिलो प्रयास भन्ने नाराका साथ संचालित उदयपुरगढी गोल्डकप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा रौता स्पोर्ट क्लबलाई सडन डेथमा पराजित गर्दै आयोजक फाईनल प्रवेश गरेको हो भने फ्युजन फुटवल क्लब बोक्से बेलका नगर खेलकुद समितिलाई पराजित गरेर उपाधीको दावेदार बनेको हो । उदयपुरगढी गाउँपालिकाको आयोजनामा पहिलो पटक नेपालटारमा संचालित फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा रौता स्पोर्ट क्लबको १५ नम्बर जसीका भरत चौधरीले एक गोल गरेका थिए भने पहिलो हापकै ३७ औ मिनेटमा उदयपुरगढी ११ का जसी नम्बर ९ का अनिल रोकाले खेल बराबरीमा ल्याएका थिए । दोस्रो हापमा कुनै पनि गोल भएन । निर्धारित समयमा खेल बराबरीमा भएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा समेत गोल बराबरी भएपछी खेल सडन डेथमा खेलाईएको थियो ।

कृपया यो पेज Like गर्नु होला

सडनडेथमा आयोजक उदयपुरगढी ११, १ गोलका विरुद्ध २ गोलले विजयी बनेको थियो । आयोजक उदयपुरगढीले उद्घाटन खेलमा पनि पेनाल्टी सुट आउटमा विजयी बनेको थियो । उद्घाटन खेलमा असारी फुटवल क्लबलाई पेनाल्टीमै पराजित गरेको आयोजकको उपाधी रक्षाको खेलभने हेर्न बाँकी नै छ । उता फ्युजन क्लब बोक्सेले ८ नम्बर जसी सनम राईले ७२ मिनेटमा गोल गरेका थिए । फ्युजन क्लब बोक्सले बेलका खेलकुद समितिलाई १–० गोलान्तरले पराजित गरेको हो । फ्युजन क्लब बोक्सेले कटारी ११ समेत पराजित गरेर फाईनल सम्म पुगेको प्रतियोगिता व्यवस्थापक सुमित कार्कीले जानकारी दिए । पहिलो पटक आयोजना भएको प्रतियोगिताको विजेताले रु १ लाख नगद, शिल्ड र प्रमाण पत्र पाउने छन भने द्धितिय हुने टिमले ५० हजार नगद सहित शिल्ड र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष मोहन कुमार मगर (नवराज) ले बताए ।

तपाईको प्रतिक्रिया