उत्तर कोरियाका नेता किम जोङ–उनले छिट्टै दक्षिण कोरियाको औपचारिक भ्रमण गर्ने खबर सार्वजनिक भएको छ ।

कृपया यो पेज Like गर्नु होला

दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले उत्तर कोरियाका नेता किमले निकट भविष्यमै सिओलको भ्रमण गर्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

किमको दक्षिण कोरियाको भ्रमणबारे अरु विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । गएको सेप्टेम्बरमा मुन उत्तर कोरियाको भ्रमणमा जानु भएको थियो । त्यो बेला किमले यही वर्ष आफूले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया