तुलसी प्रसाद कोईराला
नेपालटार । गाईघाट फुटवल क्लवलाई २–० को गोल अन्तरले हराउदै बेलका नगर खेलकुद विकास समिति नेपालटारमा जारी उदयपुरगढी गोल्डकपको सेमि फाईनलमा प्रवेस गरेको छ ।
स्थानीय भकुण्डे चौरमा मंगलबार संचालन भएको पहिलो चरणको अन्तिम खेलमा बेलकाले सेमिफाईनल सुरक्षित गरेको हो । पहिलो चरणको खेल सम्पन्न भएसँगै अब सेमिफाईनल खेल संचालन हुने छ । पहिलो सेमीफाईनल खेलमा आयोजक उदयपुरगढी र रौतामाई विच हुने छ भने दोस्रो खेल फ्युजन फुटबल क्लब बोक्से र बेलका नगरविकास समिति विच हुने प्रतियोगिता व्यवस्थापक सुमित कार्कीले बताए । युवा मा आश खेलकुदमा बिकास, उदयपुरगढी गाउँपालिकाको पहिलो प्रयास भन्ने नाराका साथ गोल्डकप संचालित छ । उदयपुरगढी गाउँपालिकाको प्रायोजनमा फुटबल खेलको आयोजना भएको हो । पहिलो पटक आयोजना भएको प्रतियोगिताको विजेताले रु १ लाख नगद, शिल्ड र प्रमाण पत्र पाउने छन भने द्धितिय हुने टिमले ५० हजार नगद सहित शिल्ड र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष मोहन कुमार मगर (नवराज) ले बताए ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: