ताप्ली । उदयपुरको पहाडी ताप्ली गाउँपालिका नेपाल टेलिकमको नेटवर्कमा जोडिएको छ । ताप्ली गाउँपालिकाको वडा नम्बर ४ ठानागाँउमा निर्माण भएको टावर संचालनमा आएसँगै ताप्ली संचार संन्जालमा जोडिएको हो । ठानागाउ टाउकेमा दुई बर्ष अघि निर्माण गरिएको (जिएसएम) नमस्ते टावर संचालनमा आएको नेपाल टेलिकम गाईघाटले जनाएको छ । टावर संचालनमा आएपछि ताप्ली गाउँपालिकाको केन्द्र रुपाटारमा नेटवर्क नहुदा सुचना सम्प्रेषणमा समस्या हुँदै आएको थियो । टावर संचालन सगै ताप्लीगाँउपालिकाको सबै वडा र खोटाङजिल्लाको पश्चिम दक्षिण क्षेत्रमा सबै भुभागमा मोवाईल फोन र डाटाको पहुँच पुगेको छ । मोवाईल टावर संचालन भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन । स्थानीय विद्यालयका शिक्षक मिलन तामाङले फेसबुकमा पोष्ट गर्दै टावर संचालन भएकोमा खुसी व्यक्त गरे । शिक्षक तामाङले लेखेका छन् ‘आजबाट ताप्ली गा पा ४ ठानागाउ टाउकेको नमस्ते टावर संचालनमा आएकोछ । ताप्लीको केन्द्र रुपाटारमा नेटवर्क नहुदा सुचना सम्प्रेषणमा समस्या हुँदै आएको थियो ।

समाचार मन परे Like गर्न नभुलौ ।

टावर संचालन सङ्गै ताप्लिको सबै वडा र आसपासको सबै भुभागमा फोन र नेट चलेसङ्गै खुसी छाएको छ ।’ त्यसैगरी सेभ द चिल्ड्रेनमा कार्यरत ताप्ली गाँउपालिकाका स्थानीय दिपक बुढाथोकीले ताप्लीमा संचार सुविधा पुगेकोमा खुसी व्यक्त गरे । बुढाथोकीले ताप्ली गाउँपालिका भरी मोवाईल र ईन्टरनेटको परिक्षण, यसपछि पनि सेवा विस्तारमा जोड दिने फेसबुकमा पोष्ट गरेका छन । उता ताप्ली गाउँपालिका प्रमुख उद्धवसिह थापाले अाफ्नाे कार्यकालको पहिलो बर्षमै टावर बनेर मोवाईल सेवा संचालनमा आउनु खुसीकाे कुरा भएको बताए । उनले मोवाईल र इन्टरनेटको टावर संचालनमा ल्याउन आफुले  निकै मेहनत गरेको बताए । संचार सेवा पुगेपछि गाँउपालिकाको सेवा प्रवाहमा प्रगती हुने अध्यक्ष थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: