डा. हेमराज कोइराला 
hemraj.koirala@gmail.com

मल निष्कासनको स्वाभाविक आवृत्तिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट कोमल दिसा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, पक्षघात, मधुमेह, थाइराइडिज्म, पराकिन्सन रोग जस्ता समस्याबाहेक अधिकांश अवस्थामा कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली नै हुन्छ । भोजन, व्यायाम, विश्राम, विचार र भावनात्मक रूपमा असन्तुलित जीवनसँग नै अप्राकृतिक जीवनशैलीको सम्बन्ध छ । भोक लागेको बेला नखाने, अटसमटस हुने गरी ज्यादा खाने, गरिष्ठ भोजन, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफुड, बट्टाबन्द र संरक्षित खाद्यवस्तु प्रायः खाइरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावना रहन्छ । व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउने, श्रमपछि विश्राम नगर्ने, भय, चिन्ता, शोक र उदासिनताका रोगीमा कब्जियत ज्यादा देखिएको छ । व्यायाम र श्रमबाट भाग्नेलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरूमा कब्जियत हुने गर्छ ।
लक्षणः
मलत्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु, मलत्याग गर्न बल लगाउनु पर्ने अवस्था आउनु, दिसा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु, रिङ्गटा लाग्नु, तिघ्राको पछाडि पट्टिका मांसपेशी दुख्नु, टाउको दुख्नु छाती पोल्नु र थाकेको महसुस हुनु ।
जोखिमः
कब्जियत सामान्य, महìवपूर्ण तथा बहुुप्रचलित रोग भएता पनि यो रोग कयौँ रोगको कारण हुन्छ । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भवावही रोगहरूको जननी मानिएको छ । कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुनपुुग्छ । यसरी लामो समयसम्म आन्द्रामा मल रहिरहँदा आन्द्रा भित्रै विषाक्त पदार्थ बन्न पुुग्छन् । ती विषाक्त पदार्थ आन्द्राबाटै अवशोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अङ्गमा पुुग्छन् । फलतः अङ्गहरूमा विषाक्तता बढ्न गइ महìवपूूर्ण अङ्गको कार्यक्षमतामा कमी आउँदा अनेक प्रकारका रोग पैदा हुन्छन् ।
पूर्वीय स्वास्थ्य विज्ञानको मतअनुुसार कब्जियतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपना, ग्यास्ट्रि«क, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल वाउल सिन्ड्रोम, अम्लीयता, एपेन्डिसाइटिस, अपच, गुुद्द्वार खस्नुु, डकार आउनुु तथा चाँया, पोतो र डन्डीफोर आउनु, जोर्नी दुख्नुु, हड्डी खिइनुु, सुुन्निएर विकृत हुने जस्ता समस्या आइपर्छ । यसैगरी, मानसिक समस्या जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिन्द्रा तथा यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडिने, पटक पटक सङ्क्रमण हुने, सर्दी–मर्कीले सताइरहने, ज्वरो खोकी बल्झिरहने, मांसपेशी तथा नसा–नाडी कमजोर हुने, अन्तश्रावी ग्रन्थीको कार्य सुुचारु नभएर हर्मोन असन्तुलन हुने, कोलेस्टेरोल, युरिक एसिड बढ्ने, रगतमा भएका तत्वको मात्रा घटबढ भइरहने, रक्तअल्पताको समस्या देखापर्नु आदि पनि कब्जियतसँग सम्बन्धित हुन्छन् ।
उपचारः
विशेष रोगावस्था भएकाले रोगको उचित निदान गरेर रोग निर्मूल पार्ने तिर लाग्नुपर्छ । गलत आहारविहार र जीवनशैली भएकाले प्राकृतिक जीवनशैली अपनाउनु नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अङ्ग भोजन, व्यायाम र जीवन शैली सुधार हो ।
भोजनः
बिहानको नास्तामा तारेभुटेको, बट्टा र बोतलबन्द खाद्य पदार्थ, मैदाका परिकारको सट्टा ताजा फलपूmल खाने बानी बसाल्नुपर्छ । मौसम अनुसारको फलपूmल खाने गरौँ । मौसम, सुन्तला, नासपाति, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अङ्कुरित मुंग र मेथी, मौसमी तरकारीले फाइदा गर्छ । मुनन्का र छोहरालाई राति भिजाएर बिहान खाने गर्दा कब्जियत कम गर्न सहयोग पुग्छ । ठोस भोजन दिनको दुई पल्ट मात्रै खाने गराँै । बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहँुको वा मकैको पिठोको रोटी, काउली, बन्दा, तोरई र बेथेको सागको विषेश समायोजन होस् । मास, खेसरी बाहेक बोक्रैसित पकाएको दालले पनि कब्जियत हटाउन फाइदा पु¥याउछ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारीसँग ताजा मोही मात्र खादा कब्जियतबाट पार पाउन सहयोग पुग्छ । माछा, मासु अन्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका वस्तु खानमा पहरेज गर्नुपर्छ । केरा, स्याउ, अङ्गुर, लिची जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनी, भान्टा, चुकन्दर, राजमा, सेतो चना, मास, भटमास जस्ता खाद्यवस्तु सकभर बेलुका नखानु ।
व्यायामः
अङ्गव्यायाम, रिढव्यायाम, सिथिलीकरण व्यायाम, प्रातः भ्रमण, सूर्य नमस्कार, योगआसन तथा प्रणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पु¥याउँछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजाङ्ग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका, अग्निसार, कपालभाती जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृतसरी काम गर्छ । एनिमा, कुन्जल, लघु तथा गरु सङ्खप्रक्षालन (आन्द्राको सफाइ), पेटको मालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाले अपनाउनुपर्ने हुन्छ । कब्जियत आफैमा ठूलो समस्या नभए पनि कयौ रोगको कारण बन्नसक्छ ।
सावधानीः
१. राति चाँडै सुत्ने, बिहान व्रह्म मूर्हुत (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडिदेखि घाम झुल्किदासम्मको समय) भित्र उठिसक्ने । उठ्ने बित्तिकै एक लिटर जति मनतातो पानी पिउने गरेमा कब्जियत नियन्त्रणमा सहयोग पुग्छ ।
२. दैनिक ३० मिनेटको व्यायामलाई जीवन शैलीको अभिन्न अङ्ग बनाऔँ । अङ्ग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता व्यायामले शरीर तथा पाचन प्रणालीलाई सबल राख्न सहयोग पु¥याउँछ ।
३. भोजनको समय निश्चित गरी नियमित उही समयमा भोजन गर्ने गरौँ । रातिको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस् । भोजनको लगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्यको एक हो । भोजन गर्दा खुुब चपाई खाने गरौँ । भोजनको समयमा बातचित गर्ने, उठी उठी वा टिभी, कम्प्युुटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियत ज्यादा पाइएको छ ।
४. बेमौका र जुन बेला पायो त्यहीं बेला खाइरहने बानी भए त्यागौँ ।
५. खानामा मौसमी तथा रैथाने अन्न तथा सागसब्जीको विशेष समायोजन होस् । काँचो सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।
६. मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमा नै लगाऔ । शौचालयमा बसेर अखबार पढ्ने, गीत सङ्गीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अङ्गलाई दिन विलम्ब गर्ने हुुँदा कब्जियत हुने सम्भावन रहन्छ ।
७. कब्जियतका उपर्युक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्श लिई रोगको निदान गर्न तिर लागौँ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया