उदयपुर : देशभर सिमेन्टेको मूल्यमा कमी आएको वेला उददयपुर सिमेन्ट उद्योगको गैँडा छापा सिमेन्ट प्रतिबोरा २८ रुपैँया २२ पैसाले घटेको छ।

कृपया यो पेज Like गर्नु होला

मंगलबारदेखि प्रतिबोरा ८ सय ९८ रुपैँया ३५ पैसाबाट घटेर ८ सय ७० रुपैँया १० पैसा कायम भएको हो।

उदयपुर सिमेन्ट उद्योग(उसिउली) का निमित्त महाप्रबन्ध महेश काफ्‍लेले देशभर सिमेन्टको मूल्य घटेको वेला उदयपुर सिमेन्टको पनि मूल्य घटाएको बताए। ‘सबै प्रकारका सिमेन्टको मूल्य घटाएका छन्,’ उनले भने, ‘हाम्रो सिमेन्टको पनि भ्याट, अन्त शुल्क सबै जोडेर ८ सय ७० रुपैँया १० पैसा कायम गरेका हौँ।’ पूर्णरूपमा सरकारी स्वामित्व रहेको उसिउलीले पछिल्लो समय दैनिक रूपमा ८ सय टन उत्पादन गर्ने क्षमता हो। तर, ६ सय देखि ७ सयटनभन्दा बढी उत्पादन उसिउलीले गर्दै आएको छ। मूल्य घटेको मंगलबार मात्र उदयपुर सिमेन्ट ८ हजार २५० बोरा बिक्री भएको उद्योगका विक्री शाखा प्रमुख रामबहादुर जिसीले जानकारी दिए। ‘हिजो सोमबार दिनभर ३ हजार मात्र बिक्री भएको थियो,’ उनले भने, ‘आज मूल्य घटेपछि ह्वात्तै विक्री बढेको छ।’ घटेको मूल्यमा ८ हजार २५० बोरा बिक्री हुँदा ७ करोड १७ लाख ८ हजार ३ सय २५ रुपैँया आम्दामी भएको पनि बिक्री शाखा प्रमुख जिसीको भनाइ छ।

गत आर्थिक वर्ष २०७४÷०७५ मा २ अर्ब १४ करोड रुपैयाँ मूल्य बराबरको सिमेन्ट बिक्री गरेको छ। जापानी सहयोगमा निर्माण भएको उद्योगले २०५१ सालबाट उत्पादन सुरु गरेको थियो। उद्योगले ०६५ सालदेखिको सरकारलाई बुझाउनुपर्ने भ्याट वापतको १२ करोड रुपैयाँ गत वर्ष तिरेको छ।

१ सय २५ जना कर्मचारीलाई २५ करोड रुपैयाँ दिएर अवकाश दिइएको छ भने उपदान कोषमा १६ करोड रुपैयाँ जम्मा गरिएको छ। गत वर्ष उद्योगले २५ करोड रुपैयाँ मुनाफा लिएको महाप्रबन्ध सुरेन्द्रकुमार पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया