यहि चैत १० गते नवजीवन सहकारी संस्था लिमिटेडको २४ औं साधारण सभा धनगढीमा हुँदैछ । सो अवसरमा तीन वर्षे कार्यकालका लागि अध्यक्षसहितको कार्यसमितिका लागि चुनाव हुँदैछ । सोही अवसरमा पहिलो कार्यसमिति सदस्यमा रही नवजीवन सहकारी संस्था लिमिटेडलाई देशकै उत्कृष्ट नमुना सहकारी संस्था बनाउन अहोरात्र खटिरहेका कार्यसमिति सदस्य यादवप्रसाद जोशीले फेरि पनि कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनको टीमले विगतको तीन वर्षे कार्यकालमा नवजीवन सहकारी संस्थाको स्तरोन्नत्ति गर्न र विनिमय संसोधनदेखि छ/सातवटा निर्देशिका निर्माण, शेयर धनीहरूको हीतको निम्ती कोष स्थापना लगायतका महत्वपूर्ण भूमिका निर्वाह गरेका जोशी पञ्चोदय उच्च माविका पूर्व प्राचार्य एवं नवजीवन सहकारी संस्थाको कार्यसमितिमा रही काम गरिसकेका यादवप्रसाद जोशीसँग नवजीवन सहकारी संस्था लिमिटेडको चुनावी सर्गमीका विषयमा गाउँपालिका अनलाइन संवाददाता टंक कुँवरले गरिएको कुराकारीको सारसंक्षेपः

समाचार मन परे Like गर्न नभुलौ ।
यादवप्रसाद जोशी
सदस्यका उम्मेदवार

नवजीवन सहकारी संस्था लिमिटेडको यहि चैत १० गते २४ औं साधारण सभा हुँदैछ । यसमा तपाईको उम्मेदवारी के मा ?
– मैले यो समितिमा सदस्यको उम्मेदवारी दिएको छु । र, विगतको कार्यसमिति सदस्यमा पनि उम्मेदवारी दिएर चुनावमा सहभागी भई जितेको थिए । यो पाली पनि आफूले कार्यसमिति सदस्यमा उम्मेदवारी दिएको छु, र म नवजीवन सहकारी संस्थाको स्तरोन्नत्तिका लागि निःस्वार्थ भावनाका साथ लागिरहेको छु । अझै पनि लागिरहनका लागि आफूले कार्यसमिति सदस्यमा उम्मेदवारी दिएको छु ।

तपाई र तपाईको टीम जित्ने आधार के छन् ?
– हाम्रो टीमले विगत तीन वर्षदेखि नवजीवन सहकारी संस्थाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विभिन्न किसिमले सामुदायिक उत्तरदायित्व निर्वाह गरेको सहकारीको आर्थिक सूचकांकलाई बलियो पारी जस्तै, नाफा बढेको, लगानी बढेको, निक्षेप बढेको, खराब कर्जा घटेको, बैंक सवल अवस्थामा रहेको र यसलाई अझैं थप उचाईमा पु¥याई राष्ट्रकै नमुना सहकारी संस्था बनाउने लक्ष्यले आफू र मेरो टीम अग्रसर भएको हुँदा मेरो टीम जित्छ । हाम्रो आधार पनि यहि नै हो ।

चुनावको प्रचार कसरी गरिरहनु भएको छ ?
– चुनाव स्वच्छ प्रतिस्पर्धाको हिसाबमा अगाडि बढाएका छौं । हामी आरोप र प्रत्यारोपको प्रतिस्पर्धाभन्दा समन्वयात्मक वातावरणमा सहकारीको मर्म अनुरूप चुनाव प्रचारप्रसारमा छौं । र, हाम्रो चुनावी रणनीति शेयर धनी र संस्थाको हीतमा रहेर चुनावी प्रचारप्रचारलाई अगाडि बढाएका छौं ।

प्रचार गर्ने क्रममा शेयर धनीहरू तपाई र तपाईको टीमप्रति कत्तिको उत्साहित छन् ?
– प्रचारको क्रममा शेयर धनीहरूले हामीले विगतमा गरेका कार्यको मूल्यांकन गर्दै हाम्रो टीमबाट शेयर धनीहरूको हीतका निम्ती सक्दो प्रयास र संस्थागत विकास हुने कुरामा शेयर धनीहरू विश्वस्त छन् । र, शेयर धनीहरूको मुखबाट यो टीमले विगतमा पनि यो संस्थालाई उचाईमा पु¥याउन महत्वपूर्ण काम गरेको छ । यसपाली पनि यसै टीमलाई जिताउन आवश्यक छ भन्ने कुराहरू सुनेको छु । शेयर धनीहरूको हाम्रो टीमप्रति आगाध माया र हाम्रो क्षमता, दक्षताप्रति उनीहरूलाई विश्वास छ भन्ने कुरामा म विश्वस्त छु र शेयर धनीहरूले पनि सोही अनुसार विश्वास गरेका छन् ।

अन्त्यमा शेयर धनीहरूलाई के भन्न चाहनु हुन्छ ?
– सहकारी भनेको सहकार्य हो । सबैको समन्वय बिना सहकारी संस्थाहरू अघि बढ्न सक्दैनन् । यसैले हामी यो नवजीवनलाई देशकै उत्कृष्ट सहकारी बनाउने पवित्र अभियानमा जुटेका छौं । शेयर धनीको हीतलाई सर्वाेपरी सम्झी अझ शेयर धनीको हीतमा अग्रसर भई लाग्ने अभिप्राय र संस्थाको उचाई बढाई यसलाई बहुमुखी सहकारीको रूपमा स्थापित गर्न हामीले गरेको प्रयासलाई मूर्तरूप दिन हाम्रो उम्मेदवारी हो । हामी अब कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा र सुपथ मूल्य पसलको अवधारणा बोकी यस संस्थाको कार्य क्षेत्रमा विविधता ल्याउने कार्यक्रममा जानेछौं । यसैले यस टीमलाई र मलाई सबै शेयर धनीको माया रहने र अत्यााधिक बहुमतका साथ विजयी गराउन समेत शेयर धनीहरूलाई विनम्र अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: