गाईघाट। डा नारायण खड्काले सिँचाई मन्त्रालयको किर्ते चिठी बनाएर उदयपुरे जनतालाई झुक्याउन खोजेको रहस्य सार्वजनिक भएको छ । डा खड्काले त्रियुगा नदि नियन्त्रणमा सात अर्व बजेट विनियोजन भएको भनि चुनावी प्रचार प्रसार गरेको किर्ते चिठी भएको खुलेको हो । डा खड्काले देउवा प्रधानमन्त्री हुनु भन्दा एक बर्ष अघिको किर्ते पत्र राखेर जनतालाई मुर्गा बनाउन खोजेका छन ।
सिचाई मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले चलानी नम्बर २४ मिति २०७३ साल साउन ३२ गते परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र नै नक्कली भएको पुष्टी भएको छ । सि.डि.ई प्रमोद कुमार श्रेष्ठको हस्ताक्षर रहेको चिठीमा ‘वैदेशिक स्रोतबाट व्यवस्थापन गर्नका लागि प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणको क्रममा नेपाल भारत द्धिपक्षिय आर्थिक सम्झौताको लागि एजेण्डाको रुपमा प्रस्तुत गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको’ भनिएको छ तर चिठीको मिती भएको बखत नेपालमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेकाले चिठी किर्ते भएको पुष्टी हुन्छ । देउवाले २०७४ भदौ ८ गते देखि १३ गते सम्म भारतको भ्रमण गरेका थिए । भने पत्रलेखिएको समयमा नेपालको प्रधानमन्त्री प्रचण्ड थिए र उनले समेत २०७३ भदौ ३० गते देखि असोज २ गते सम्म भारतको भ्रमण गरेका थिए । यसरी भोट तान्न डा खड्काले कति सम्म गर्दा रहेछन भन्ने कुरा यहीबाट प्रष्ट हुन्छ ।

कृपया यो पेज Like गर्नु होला


प्रचण्ड प्रधानमन्त्री भएको बेला शेर बहादुर देउवाको भारत भ्रमणमा त्रियुगा नदी नियन्त्रणको लागि भारत सँग बजेट माग गर्नु उदयपुरे जनतालाई डा खड्काको मुर्गा बनाउने चेष्टा रहेको बुझिएको छ । देउवा प्रधानमन्त्री हुनु भन्दा एक बर्ष अघिको किर्त पत्र राखेर खड्काले जनता ढाँटेको स्थानीय केवी राउतले बताए । सामाजिक संजालमा कमेन्ट गर्दै राउतले भोट माग्न त सत्य कुरा गरेर पो माग्नु पर्छ भनेर कमेन्ट गरेका छन ।

तपाईको प्रतिक्रिया