उदयपुर, उदयपुरमा सुमो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार कटारी बाट ओखलढुंगा तर्फ जाँदै गरेको ना १ ज ३४०४ नम्वरको सुमो दुर्घटना हुँदा ८ जनाको घट्ना स्थलमै र चालक हरी कार्कीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कटारीबाट ओखलढुँगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ ठाँटीको भीरबाट ५ सय मिटर तल खसेको थियो । ‘दुर्घट्नमा ८ को मृत्यु भएको छ,’ उनले भने, ‘एक ८ वर्षे बालक शकुल फेला परेका छन, भने, दुई जना गम्भिर घाईते भएका छन ।’ प्रहरीका अनुसार मृत्यु हुनेमा ७ पुरुष रहेका छन भने एक महिला यात्रु छिन । ‘प्रहरीको टोलीले अहिले उद्धारको कार्य गरिरहेको छ,’ पुन डिएसपी अधिकारीले भने, ‘रोडबाट ५ सय मिटर तल खसेकाले शवहरु रोडमा ल्याउन समस्या भएकोछ, वेलुकासम्म कटारी अस्पताल ल्याउने छौ ।’

कृपया यो पेज Like गर्नु होला

दुर्घटना ग्रस्त क्षेत्रका स्थानीय शिव खत्रीका अनुसार सुमो दुर्घटनामा परेसँगै उद्धार गर्न कठिनाए भएकाले घाईते यात्रुको तत्काल उपचार नपाएर मृत्यु भएको छ,’ उनले भने, ‘हामीले प्रहरीलाई जानकारी दिँदा ४ जन मात्र मृत्यु भएको देखेका थियो, त्यही भन्यौ, अन्य तीन जना समयमै उपचार नपाउँदा मृत्यु भयो, भीमा यात्रुहरु छरिएकाले उद्धार गर्न कठिनाए भएको थियो ।’ सोमबार दिउँसो १ बजे कटारी बाट छुटेको सुमो साढे २ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको खवर आएसँगै प्रहरी डेढघण्टापछि दुर्घटना स्थल पुगेको थियो ।  बेलुकासम्म सवैको शनाखत हुने र दुर्घटनाको कारण पनि उद्धारमा गएको प्रहरी फर्केपछि बताउन सकिने जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट दुर्घटना स्थल २७ किलोमिटर टाढा पर्दछ ।

 

तपाईको प्रतिक्रिया