उदयपुर/महिला पुन स्थापना केन्द्र (ओरेक) उदयपुरले संचालन गरेको सेफ हाउस (सुरक्षित वास) बाट एक महिला वेपत्ता भएकी छिन । वेपत्ता हुनेमा कटारी ४ सिम्लेकी १८ वर्षे सिर्जना रिमाल रहेकी जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ । ओरेक उदयपुरमा रहेको सेफ हाउसबाट महिला हराएको निवेदन आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर देविप्रसाद फागोले बताए । ‘ओरेकले शनिवार देखि एउटी महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा दिएको छ,’ उनले भने, ‘महिलाको खोजि कार्य भइरहेको छ ।’ श्रीमानबाट पीडित भएको अवस्थामा गएको भदौ १२ गते सिर्जनालाई कटारीबाट उद्दार गरि गाईघाट स्थित सेफ हाउसमा ल्याइएको थियो । ओरेककी जिल्ला निमित्त प्रमुख सविना रिमालले सेफ हाउसबाटै सिर्जना हराएकी भएर जिल्ला प्रहरी कार्यालयमा खोजतलासको उजुरी समेत दिएको बताइन । महिला हिंसाका घट्नासँग जोडिएर काम ओरेक नेपाल उदयपुरको महिला सेफ हाउसबाट हराएको पहिलो घट्ना हो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया