गाईघाट । पूर्वमन्त्री र भारतीय राजदुत अथिति रहेको एक कार्यक्रम त्रियुगा नगरपालिकाले मेयरले कार्यक्रम छाडेर हिड्नु परेको छ । त्रियुगा नगरपालिका २ स्थित जनता उच्च माध्यमिक विद्यालयको भवन उद्घाटन समारोहमा मेयरलाई मर्यादा विपरित व्यवहार गरेपछि मेयर बलदेव चौधरी कार्यक्रम छाड्न बाध्य बनेका हुन ।
सभासद डा. नारायण खड्का, भारतिय राजदुत मंन्जीव सिंह पुरी उपस्थित कार्यक्रममा मेयर चौधरीलाई अपमान भएको जनाईएको छ । सभासद, राजदुत पछि मेयरलाई आसनग्रहण गराउनु पर्नेमा अपमान जनक ढंगले वक्ताको रुपमा मात्र मेयरलाई मंचमा आमन्त्रण गरिएको थियो । सरकारले जारी गरेको विशिष्ट व्यक्तीहरुको मर्यादाक्रम अनुसार १२ औं नम्बरमा संसद, १५ औ नम्बरमा विदेशी राजदुत, १९ औं नम्बरमा नगरपालिकाका मेयर र २३ औ नम्बरमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी रहने व्यवस्था छ ।
मेयरलाई कार्यक्रममा अतिथिको रुपमा मंचमा नबोलाईकन पहिलो वक्ताको रुपमा संचालकले आमन्त्रण गरेपछि आफूलाई अपमान भएको भनि मेयरले कार्यक्रम छोड्नु भएको मेयर निकट स्रोतले जनाएको छ । ‘नेपाली काग्रेसका सभासद डा नारायण खड्काको योजनामा मेयर बलदेव चौधरीलाई अपमान गरिएको हो ।’ स्रोतले भन्यो ‘पूर्व योजना अनुसार नै मेयरको मर्यादालाई कुल्चने काम भएको छ ।’ केही काग्रेसी कर्मचारीको योजनामा जननिर्वाचित मेयरलाई अस्वीकार गर्न खोजिएको हो ।
शुक्रबार नै सम्पन्न बसाहाको कार्यक्रममा पनि चौदण्डीगढीका मेयर खगेन्द्र राईलाई अथिति आसन ग्रहण गराउदा गरिएको व्यवहार जोगिदहमा पनि दोहरिएको कार्यक्रममा संलग्न वरिष्ठ पत्रकार कौशल चेम्जोङले बताए । ‘चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ बर्खेडाडामा विद्यालय शिलान्यास समारोहमा समेत जनप्रतिनिधिलाई उपेक्षा गरिएको थियो ।’ पत्रकार चेम्जोङले भने ‘एक घण्टा अघि बसाहामा गरेको व्यवहार जोगिदहमा समेत दोहरियो ।’ पत्रकार कौशल चेम्जोङका अनुसार कार्यक्रम संचालक माध्यमिक विद्यालयका प्रअलाई मोहरा बनाएर सार्वजनिक स्थानमा मेयरको दुव्र्यहार गरिएको हो । जुन पार्टीबाट जितेको भएपछि नगरप्रमुख भनेको ख्याल ख्यालको पद नरहेको पत्रकार चेम्जोङको जिकिर छ ।
बसाहाको कार्यक्रममा समेत मेयर खगेन्द्र राईलाई उपसचिव भन्दा तल आसन ग्रहण गराईएको थियो । भने उपमेयरलाई प्रहरी निरिक्षक पछि मात्र उद्घोषकले नाम लिए । त्यतीमात्र नभएर जोगिदहको कार्यक्रममा आउनको लागि डा. खड्का बोले पछि चौदण्डीगढीका मेयर खगेन्द्रलाई बक्ताबाट नाम समेत कटाईएकोमा पछि खगेन्द्रले आयोजक सँग आपत्ती जनाएपछि डा. खड्का, भारतीय राजदुतपछि सभापतिले कार्यक्रम समापन गर्नु भन्दा अगाडी मेयर राईलाई धन्यवाद ज्ञापन गर्न दिईएको थियो । चौदण्डीगढी नगरपालिकामा डा खड्काको आफ्नै किचेनका सदस्यहरु मेयर र उपमेयर भएकाले दुबैजनाले डा खड्काको अगाडी नतमस्तक भएर कार्यक्रममा सहभागि भएका थिए ।
जोगिदहमा मेयर वलदेव चौधरीले स्वीकार गर्न सक्ने अवस्था नभएकाले कार्यक्रम छाडेर हिड्नु परेको वडा नं. २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । वडा अध्यक्ष खत्रीले कार्यक्रममा काग्रेसी कर्मचारी हावी भएकाले डा. खड्काको चाकडी गर्न मेयर लगाएत अन्य जनप्रतिनिधीलाई वेवास्था गरिएको आरोप लगाए । जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा भएको कार्यक्रम संचालन क्रममा उद्घोषकबाट त्रृटी भएको जिससले जनाएको छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: