त्रियुगा नगरपालिकामा ३ आर्थात उदयपुरमा कुनै नौलो नाम होईन । समाज सेवी वा राजनतिज्ञ रुपमा परिचयम धेरै छन । त्रियुगा नगरपालिका ३ मोतिमडा जन्मिएका कार्कीका परिचय धेरै छन ।  कार्कीले त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको दुई कार्यसमितिमा महा सचिवको नेतृत्व समेत सम्हाली सकेको छन ।

कृपया यो पेज Like गर्नु होला

व्यपार संघमा अत्याधिक बहुमत ल्याएर दुई कार्यकालै महासचिव बन्नु सफल भएका कार्कीले शिक्षामा त्रिभुव विश्वविद्यालयबाट विकम गरेका छन । असन्न असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा तिनै कार्की माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नम्वर ३ बाट वडा अध्यक्षको उम्मेदवार बनेका छन । संघीय गणतन्त्र स्थापना गर्दै स्थानीय तहको पुनं संरचना गर्ने अभिभावक पार्टींको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका कार्की अहिलेः

‘‘माओबादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहदरवार”

दुःख कस्ट अन्यायमा जो कोहि पर्छ, विकास र समृद्धिमा सधै अघि सर्छअझै पनि जनता भन्छ, केही गरे माओवादी केन्द्रको नेतृत्वले गर्छ ।

उज्यालो नेपाल कायम गरौं गोलाकार भित्रको हसिया हथौंडामा मतदान गरौं ।’’

भन्ने नारा साथ भोट मागिरहेका छन । जस्तो माओवादी केन्द्रले लिएका नाराछन त्योभन्दा माथि उठेर त्रिनपा ३ मा आमुल परिर्वतन ल्याउने सक्षम र कर्मठ वडा अध्यक्षका उम्मेदवार कार्की हुन भन्दा फरक पर्दैन ।  माओवादी केन्द्रकै पेरिफेरिमा रहेर कार्कीले आप्mनै घोषणा पत्र समेत सार्वजानिक गरेर मतादातासमक्ष पु¥याएका छन । कार्की त्रिनपा ३ को वडा अध्यक्षको उम्मेदवार बनेपछि उत्पीडनमा परेका, महिला, मुस्लिम, दलित, जनजातिले माओवादी केन्द्रमा प्रवेश गर्ने जनलहर समेत चलाएका थिए । तिनै जनलहर चलाउने कार्कीको घोषणा पत्र यस्तो । हेर्नुहोस जस्ताको जस्तैः–

नेकपा माओवादी केन्द्र

त्रियुगा नगरपालिका वडा नम्बर(३ नेकपा (माओवादी केन्द्र)

त्रियुगा नगरपालिका वडा नं. ३ का अध्यक्ष पदको युवा उम्मेदवार क. चुणामणी कार्की तथा नेकपा माओवादी केन्द्रका सम्पुर्ण उम्मेदवारहरुलाई गोलाकार भित्रको हसिया हथौंडा चिन्हमा मतदान गरि अत्याधिक मतले विजय गराऔं ।स्थानीय तहको चुनाव(२०७४घोषणापत्रआदरणीय वडावासी आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरु,सर्व प्रथम  हार्दिक नमस्कार एवं अभिवादन व्यक्त गर्दछौ । देशमा यति ठुलो परिवर्तन ल्याउने राजनीतिक दल माओवादी केन्द्र हो भन्ने कुरामा तपाईहरु सवैलाई  विश्वास दिलाउन चाहन्छौ । संविधानमा  गणतन्त्र, संघियता, धर्मनिर्पेक्षता, समावेशिता र समाजवाद उन्मुख अर्थतन्त्र को व्यवस्था गर्ने, जन्ताको गास, वास, कपास, शिक्षा, स्वास्थय र रोजगारलाई मौलिक हक अधिकारकोरुपमा कायम गराउने दल भनेको नेकपा माओवादी केन्द्र हो भन्ने कुरामा यहाहरु सवै जनालाई विश्वास दिलाउन चाहन्छौ । अहिलेको संविधानमा राज्यले जन्तालाई मौलिक अधिकारकोरुपमा लेखिएका कुरा पुरा नगरे जन्ताले अदालतमा गएर सरकारलाई मुद्धा हाल्न सक्ने कानूकी व्यवस्था गरेको छ ।

यी सव कुराहरु माओवादी केन्द्रले दश वर्षे जनयुद्धमा शहितको रगत संग साटेर ल्याएको हुदा यी कार्यक्रमहरु पनि माओवादी केन्द्रले मात्र लागु गर्न सक्छन भन्ने कुराहरु यहाहरुले बुझन जरुरी छ । राजनीतिक परिवर्तन पछि अव आर्थिक क्रान्ति मार्फत जन्ताको जीवन स्तर उकासने, जन्ताको मुहार फेर्ने, संमृद्धि र विकास ल्याउने कार्यमा माओवादी केन्द्रको नीति र कार्यक्रम रहेको छ  । अवको दशक आर्थिक क्रान्तिको दशक हुने र दश वर्ष भित्रमा देश जनतालाई संमृद्धि बनाउने खाल्को स्प्रस्ट नीति र कार्यक्रमहरु लिएर आएको राजनीतिक दल  माओवादी केन्द्र भएको व्यहोरा अवगत गराउन चाहन्छौ । त्यसैले  संविधानका ऐन कानूनहरु लागु गरी देश र जनताको सेवा गर्नको लागि माओवादी केन्द्रका उम्मेदवारहरुलाई मतदान गर्न हुन अनुरोध गर्दछौ । त्यसैले धेरै पटक हैरौ एमाले र कांग्रेसलाई एक पटक हेरौ नेकपा माओवादी केन्द्रका उम्मेदवार लाई भन्दै यस वडाको सेवा गर्ने मौक्का प्रदान गर्न र सक्षम र योग्य उमेदवारको छनोट गर्न हुन हार्दिक अफिल गर्दछौ साथै नेकपा (माओवादी केन्द्र) का उमेदवारहरुलाई अत्यधिक मत दिएर विजय गराउन हुन समेत हार्दिक अपिल गर्दछौ  । “स्थानिय तहको नीति र कार्यक्रम कार्यानव्यन गर्न युवा नेतृत्वको आवश्यक्ता !विकास र समृद्धिमा माओबादी केन्द्रका उमेदवारको प्रतिवद्धता !!

”हाम्रा प्रतिवद्धताहरु ः

१ वर्डा नं.३ मा भूमि सुधार, कृषि, सिंचाई, जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, व्यापार, कर संकलन, वजेट तर्जुमा, यातायात, सूचना(संचार, नगर तथा वस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, भाषा(संस्कृति, खेलकूदलगायतका क्षेत्रहरुको कार्य गर्न स्थानिय तहलाई दिएको  हक अधिकार प्रयोग गरी जन्ताको पक्षमा  कार्य गरिने छ र  वर्डा नं ३ लाई त्रि.न.पा.को १६ बटा वडा मध्ये विकास र समृद्धिमा अग्रस्थानमा राखने गरी सुन्दर नमुना वर्डा बनाउने कार्ययोजनामा कामको थालनी गरिने  छ र विकास र संमृद्धिको लागि ५ वर्षे गुरुयोजना बनाई कार्यको थालनी गरिने छ ।

२ चांप खोरियाको करिव ४० विघा ऐलानी जमिनलाई नम्वरी दर्ताको मुद्धा प्रक्रियामा लगिएको र करिव १२ विघा जमिन पुनरावेदन अदालत हुदै सर्वोच्व सम्म पुगि नम्वरी भएको जग्गाको दर्ता प्रक्रिया खारेजी गरी जसको जोत उसको पोतको आधारमा  नम्वरीको दर्ता प्रक्रियामा लगिने छ । ठाडी, भुल्के, पश्चिम चांप, मिलन चोक र क्याम्पसडाँडा क्षेत्रका ऐलानी जग्गा र अन्य ठाऊका अव्यवस्थित बसोवासलाई जग्गा दर्ता प्रक्रिया गराउने कायक्रमलाई पहिलो प्राथामिक्तामा राखेर कार्य संचालन  गराईने छ ।

३ बगाहा मुसहर बस्ती र बोटे टोल आदी लगायतका वडाको विभिन्न स्थानको जग्गामा चौधरी जमिनदारहरुबाट हडेपेको जग्गालाई सुकमवासीहरुको बसोवास गराईने छ र जसको जोत उसको पोत भन्ने नीतिको आधारमा जग्गा दर्ता प्रक्रिया र जन्ता आवास कार्यक्रम संचालन  गराईने छ ।

४ वर्डा नं. ३ का जन्ताहरुको आधारभुत विकास निमार्णमा सडक , ढल , विजुली, पार्क, वसपार्क, कृषि तथा पशु बजार ,औधौगिक क्षेत्र , सफा खानेपानी, शौचालय, सरसफाई, फोहरमैला व्यवस्थापन, स्वास्थ्य सेवा केन्द्र, शिक्षालय, खेलमैदान, यातायात, इन्टरनेटको सेवालगायतका सूचना संचार केन्द्र सहितको आदि आधारभूत संरचनाहरुको विकासमा जोड दिइने छ ।

 

 ५ गाईघाट, मोतिगाडा, चांप र कल्याणपुर सडक निमार्णमा पहलकदमी लिईने छ । ३ नं वडालाई रिंगरोडको अवधारण अन्तर्गत सडक संजालले जोडिने गरी सडक निमार्ण  गरिने छ । मोतिगाडाको ईभरग्रिन बोर्डिगं देखी चौधरी बस्ती हुदै मिलनचोक र बागाहा सम्म पुरानो नक्साले जोडिएको सडकलाई सडकमा परिणत गरिने छ र   मोतिगाडा चौधरी टोललाई नमुना बजार वस्तीकोरुपमा विकास गरिने छ । चांप आसपासका सार्वजनिक जग्गाहरुमा नमूना औधौगिक क्षेत्र घोष्णा गरी उद्योग स्पाथापना गरिने छ । बगाहा, भुल्केमा नमुना कृषि क्षेत्रको जोन स्थापना गरी आधुनिक कृषि खेतिलाई औधौगिक खेतिमा विस्तार गरिने योजना ल्याईने छ । मिलन चोक क्षेत्रमा धार्मिक पर्यटन क्षेत्र घोष्णा गरी मठ मन्दिर , अतिथि सदन ,बृद्ध आसरम र रमनिय पार्ककोरुपमा विस्तार गरिने छ । खन्टा र पिकनिकस्पोर्टलाई पर्यटकीय क्षेत्रकोरुपमा विस्तार गरीने योजना ल्याईने छ । त्रियुगा खोला र ठाडी खोलालाई तटवान्ध निमार्ण गरी सडक संन्जालको रिंग रोड करिडोरमा विकास गरी ३नं.का सवै गाऊ र टोललाई जोडने र  जग्गाको संरक्षण र सिंचाईको व्यवस्था गरिने छ र एक  गाऊ एक उत्पादन र पहिचान सहितको गुरु योजना बनाई सोही अनुसारको विकासको काम गरिने छ ।

६ त्रियुगा वसपार्कलाई सुविधा सम्पन्न बसपार्र्क िनमार्ण कार्य गरिने र त्रियुगा कृषि बजारलाई त्रियुगा वसपार्क पुर्वको जग्गामा स्थापना गराई संचालन गरिने कार्य गरिने छ र त्रियुगा खोला र ठाडी खोलाको निकासी कर समेतलाई  वडाको आम्दानीको  प्रमुख श्रोतकोरुपमा संचालन गरिने छ ।

७ शान्ति सुरक्षाको लागि प्रहरी विटको व्यवस्था मिलाई नै छ ,प्र्राथामिक स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिने छ , यस वडालाई   लाघु औषद र दुरव्यसनीको मुक्त क्षेत्र घोषणा गरी कार्य संचालन गरिने छ ।

८ जोरपोखरी पन्चकन्या मन्दिरलाई एग्रो टुरिजमको व्यथवस्था हुनेगरी धार्मिक क्षेत्र र जुरपानी पोखरी क्षेत्रलाई तालको निमार्ण गरी तालतैलयाकोरुपमा विकास गरिने योजना ल्याईने छ ।

९ राम जानकी मन्दिरको जग्गामा राम मन्दिरलाई बिकास र उन्नती हुने गरी चिल्ड्रेन पार्क र भुल्केको आरमी व्यारेकले घेरेको जग्गामा सेनाको समन्वयमा रंगशाला निमार्ण गरिने कार्य संचालन गरिने छ ।

१०मिलन चोकको अनरमुवा खोलालाई तटबन्ड गरी पोखरीको डिजाईनमा निमार्ण गरीने छ र व्यवस्थीत माछा र हांस पालनको र सुन्दर हरियाली पार्ककोरुपमा विस्तार गरिने छ ।

१२भुल्केको मस्जित र मदरसाको हालको अवस्थाबाट स्तर उन्नति हुने गरी निमार्ण कार्य गरिने छ र व्यवस्थीत हुने गरी संचालन गरिने व्यवस्था मिलाईने छ ।

१३ वडा भित्रका क्रिष्टीयन समुदायको धर्म र सँस्कृतीको संरक्षण एवं चर्च भवनको निर्माणमा सहयोग गरिने कार्यक्रम संचालन गरिनेछ ।

१४ थारु जातिको जीतिया पर्वमा थारुजातिलाई सार्वजनिक विदा र डि.हि.वार  थान र मुर्कुटवा थानको मन्दिर निमार्ण र सो मन्दिरको जग्गाको संरक्षण गरिने कार्यक्रम ल्याईने छ ।

१५ दलित संघ्रालय, सार्वजनिक सौचालय, सार्वजनिक पुस्ताकालय, कृषि बजार आदि मोतिगाडाचोकक नजिकको  राममन्दिर को जग्गामा निमार्ण गरिने छ र सो को निमार्ण मन्दिर संग सहकार्य गरी आम्दानीमा मन्दिरको समेत हक दावी कायम गराईने छ ।

१६ मोतिगाडा क्यामपसलाई आइ.टि.क्यामपसको रुपमा स्तरउन्नति हुने गरि संचालन गरिने छ र क्यामपसमा विभिन्न विषयको डिग्रि क्यामपस संचालन गरिने कार्यलाई प्राथामिक्ता राखेर कार्य संचालन गरिने छ । राम जानकी मा.वि.लाई प्राविधिक तथा साईन्स क्यामपसकोरुपमा उच्च मा.वि.सम्मको स्तर उन्नति गरिने छ र प्राविधिक तालिम केन्द्र समेत संचालनमा ल्याइने कार्य योजना  बनाईने छ । भुल्केको मा.वि.लाई कृषि क्याम्पसकोेरुपमा स्तर उन्नति हुने गरी संचालन गरिने र  बगाहाको मा.वि.स्कुलमा पशु प्राविधिक जे.टि.ए. शिक्षालय संचालन  गरिने योजना ल्याईने छ  र कृषिको पकेट क्षेत्र र पशु पालनको पकेट क्षेत्र घोषणा गरी देउरी खोला देखि फरसेट खोला सम्मको त्रियुगा धारको  र खन्टा र भुल्केको जग्गामा  नमुना कृषि खेति तथा पशुपालन परियोजना संचालन गरिने  योजना ल्याईने छ । चांपमा स्थापना भई संचालनमा आउन नसकेको प्रा.वि.स्कुललाई संचालनमा ल्याई मा.वि.सम्मको स्तर उन्नती गरिने योजना ल्याईने छ । निःशुल्क, गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्ने राज्यको नीतिलाई लागु गरिने  व्यवस्था मिलाई ने छ । 

१८ पव्लिक प्र्राईभेट पाटनरशिपको अवधारणमा  पश्चिम चांपको पानी टयांकी भएको क्षेत्रको सार्वजनिक जग्गामा करिब ५० विघा भन्दा बढी जग्गामा औधौगिक क्षेत्र निमार्ण गरी नमुना औधौगिक क्षेत्र संचालन गरिने छ र बेरोजगार युवालाई रोजगार दिने कार्य संचालनमा ल्याईने छ र सो स्थानमा संचालन हुने उधोगमा स्थानियको सेयर , विदेशियएका युवाको पैसाको सेयर र राष्टिय उधोगीहरुको सेयर रहने गरी विभिन्न खाल्का उधोग खोलिने छ ।

१९ वर्डा नं.३ का असाहय महिला, दलित, मुस्लिम र अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा जन्ता आवासको कार्यक्रम लागु गरी एकीकृत वस्ती विकासको व्यवस्था गरिने छ  र अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा खाद्यान्न, आवास, संरक्षण तथा पुर्नस्थापनाको व्यवस्था राज्यद्वारा गरिने व्यवस्था सुनिश्चित हुने खाल्को कार्य योजना ल्याईने छ ।  २० वडा कार्यालयमा हिंसा पीडित महिलाहरुका लागि न्यायलयकोरुपमा मेलमिलाप केन्द्र, सुधार केन्द्र  र पुनस्र्थापना केन्द्रको स्थापन गरी पीडित महिला तथा वालवालि र दुव्र्यसनीहरुको जीवनमा  सुधार गरीने कार्यक्रमहरु संचालन गरिने छ  ।

२१ बेरोजगार युवाहरुको लागि एक गाऊ एक उत्पादन नमुना गाऊ घोषणा गरी स्वरोवगारको लागि तालिम र सहुलियत दरको ऋणको व्यवस्था गरी कृषिको तरकारी खेति, कुखुरा तथा बंगुर पालन, पशु पालन, माछा पालन, साना साना लघु उधमका उधोगहरु, सेवा मुलक व्यावसाय आदि संचालन गरिने कार्यक्रम ल्याईने छ र युवाहरुलाई केन्द्रिय नीति अन्तर्गत शैक्षिक प्रमाण धितो जमानी राखी ऋण प्रदान गर्ने वा वेरोजगार भत्ताको व्यवस्था लागु गरिने कार्यक्रम संचालन गरिने कार्य योजना ल्याईने छ ।

२२ सामाजिक न्यायको क्षेत्रमा सामाजिक रुपले विगतमा उत्पीडनमा पर्दै आइरहेका महिला, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक, आर्थिक, राजनीतिक क्षेत्र लगायत सबै क्षेत्रमा विशेषाधिकारको व्यवस्था गरिने गरी कार्यक्रमहरु संचालन गरिने छ । 

२३ व्यवसाय गर्न चाहने महिलाहरुको लागि आवश्यक सिपमुलक शिक्षा र तालिमको व्यवस्था गर्ने र  शैक्षिक प्रमाणपत्रको आधारमा विना धितो ऋण दिने व्यवस्था गरिने छ । 

२४वर्डा नं. ३ मा संचालनमा रहेका गैरसरकारी संस्था र जनसेवाहरुलाई समनवय गरिने छ । जनस्तरमा बनेका जनसेवामुखी संस्थाहरुलाई नियन्त्रण र व्यवस्थापन गरी  सामाजिक सेवामुखी क्षेत्रहरुमा परिचालन गर्ने नीति अवलम्वन गरिने छ । विदेशी दातृ निकायहरुमार्फत् एनजीओ÷आइएनजीओहरुले सिधै सहायता लिई खर्च गर्ने व्यवस्थालाई परिवर्तन गरी वडाको रोहवरमा वा वडाको एकद्वार प्रणालीमार्फत् आवश्यकताअनुसार विदेशी अनुदान÷सहयोग लिने र खर्च गर्ने व्यवस्था मिलाइने छ ।

२५ गरिव र जेहेन्दार विधार्थीहरुलाई क्षात्राबृद्धि उपलव्ध गराईनेछ साथै दलित र पीछिडिएका विधार्थीहरुको हकमा निःशुल्क शिक्षाको व्यवस्था मिलाईने छ ।

२६ वृद्ध उमेर पुगेर पनि नागरिक्ताको कारणले वृद्ध भता नपाएकाहरुको लागि वडाको तर्फबाट नै वृद्ध भता उपलब्ध गराउने कार्यक्रम संचालन गरिने छ र द्धन्दपीडित आदीले राज्यबाट पाउनु पर्ने सुविधा आदी वाडावासी कसैले नपाएको भए सो सुविधा दिलाई दिने कार्य संचालन गरिने छ ।

२७ वर्डा नं.३ मा नमुना कृषि उधम गाऊ, नमुना उत्पादनमुखि औधौगिक गाऊ, नमुना कृषि बजारको गाऊ, नमुना महिला तथा लघु उधम गाऊ र नमुना युवा स्वरोजगार गाऊ घोषणा गरी कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ । सरकारको तर्फबाट सहुलियत व्याज दरमा ऋण प्रदान गर्न, सडक, विजुली, सिचाई, मेसिन औजार र प्रविधिमा सहयोग उपलब्धता गराएर कार्य संचालन गरिने कार्य योजनाहरु बनाईने छ । स्वदेशी पुँंजीको लगानी, स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सीपलाई प्राथमिकता दिइने छ र नमुना क्षेत्रलाई पूर्णतः विद्युतीकरण गरिने र सडक र खानेपानीको संजालले जोडिने छ । यस कार्यक्रमको लागि ३ नं.वडाबाट विदेश जाने युवाहरुलाई सिप विकासको तालिम प्रदान गरी विदेश जान प्रोत्सान समेत गरीने छ र पछि विदेशबाट फर्के पछि मजदुर भएर गएको युवालाई मालिककोरुपमा घर फर्काइने छ र नमुना औधौगिक क्षेत्रमा रेमिटान्सको रकमलाई लगानी गरी युवाहरुको सेयरमा स्वरोजगार कार्यक्रमकोरुपमा विकास गरिने योजनाहरु ल्याईने छ ।

२८ वडामा दैनिकी जन्ताको काम काजलाई सहज र सरल बनाईने छ, भष्टचार मुक्त वडाको रुपमा कार्य संचालन गरिने छ र वडालाई सुविधा सम्पन्न सचिवालय संचालन गरी दैनिक कार्यहरु समपन्न गरिने छ  । वडामा बृद्ध ,असक्त ,दलित र विदुवा आदीलाई राज्यले प्रदान गर्ने सेवा सुविधा घर घरमा पुगाउन सक्ने गरी कार्य गरिने छ र नागरिक्ता आदिको कारणले गर्दा भत्ता वितरणबाट बन्चित रहेका नागरिकहरुलाई वडा कार्यालयको तर्फबाट नै भत्ताको व्यवस्था गरी समान गरिने छ । वडाको आर्थिक कारोवारहरु पारदर्शि बनाईने छ, आय व्ययलाई सार्वजनिक गरिने छ र वडाको श्रोत साधनहरुको पहिचान गरी राजस्व र दस्तुर निर्धारण गरि आय आर्जन गरिने कार्ययोजना ल्याईने छ । 

२९ वर्डा नं. ३ मा संचालनमा रहेका सामुदायिक बन उपभोक्ता समितिहरुको कार्यलाई व्यवस्तीत गरिने छ  । वन संरक्षण, भू(संरक्षण, तटवन्धहरुको निर्माण, वृक्षारोपण, जैविक विविधताको संरक्षण र जडिबुटीको संरक्षण र उत्पादन लगायतका कार्यक्रमहरु उक्त सामुधायिक बन उपभोक्ता समिति मार्फत गरिने छ र हरियाली वर्डा नं. निर्माणकार्यमा  जोड दिइने छ र वन्यजन्तुहरुको व्यवस्थितरुपमा संरक्षण गरिने कार्यक्रमहरु संचालन गरिने छ । 

३० वर्डा नं.३ लाई स्मार्ट शहर बजार निमार्ण गर्नको लागि भविष्यमा आबश्यक पर्ने द्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, प्रशासनिक भवनहरु रहने क्षेत्र, शिक्षालयहरु रहने क्षेत्र, अस्पतालहरु रहने क्षेत्र, वसपार्क, खेलकूदका ग्राउण्ड र मनोरञ्जनका हलहरु रहने क्षेत्र, आवास क्षेत्र, फोहरमैला व्यवस्थापन क्षेत्र, स्वस्छ सफा खानेपानीको क्षेत्र आदि शहरको लागि अत्यावश्यक पर्ने मुल क्षेत्रहरुको निर्धारण गर्नु पर्ने भएकाले वर्डा नं.३ मा रहेका सार्वजनिक जग्गाहरुलाइ संरक्षण गर्ने, खोजि गर्ने जस्ता कार्यहरुको दीर्घकालीन बृहत्तर शहरी विकास गुरुयोजनाको तर्जुमा गरिने छ ।

३१ वर्डा नं. ३ मा संचालनमा रहेका पर्यटन क्षेत्रहरुमा ठाडी चांपको पिक्कनिक स्पोर्टको मास्टर पलान बनाई सोही अनुसारको  स्तर उन्नति गरिने छ ,त्रियुगा खोला र चांप ठाडी खोलामा  रिभर साइड करीडोर निमार्ण कार्य  गरिने  र सो क्षेत्रलाई हरियाली विरुवाहरु लगाई पर्यटन उद्योगको विकास र विस्तारको लागि प्रकृति र संस्कृतिका विविध पक्षहरुको निमार्ण  गर्ने नीति अवलम्बन गरिने योजनाहरु ल्याईने छ ।

३२ वर्डा नं.३ मा भएका मठ मन्दिर ,गुम्वा र मस्जित आदीको संरक्षण , विकास र संमवद्र्धनमा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने नीति अन्तर्गत कार्यक्रमहरु संचालन गरिने छ जसअन्तर्गत रामजानकी मन्दिर लगायत जतिपनि यस वडाका  सार्वजनिक सांस्कृतिक सम्पदाहरुको भवन, जग्गा जमिन र तिनका आयश्रोतहरुको संरक्षण गर्ने , विकास गर्ने र धार्मिक पयर्टन क्षेत्रकोरुपमा विकास गर्ने नीति अखतियार गरिने छ । यस वडामा भएका बहुभाषी र बहुसांस्कृतिक विविधतायुक्त पक्षमा ध्यान राखी विकास निमार्णको कार्य संचालन गरिने छ ।

परम्परागत संस्कृतिको नाममा रुढिवादी संस्कृतिहरु र बाह्य अतिक्रमित संस्कृतिलाई निरुत्साहित गर्दै असली जनसंस्कृति र ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्न जोड दिइने छ । त्यस्तैगरी जनपक्षीय साहित्य(कला, संगीतको संरक्षण र सम्बद्र्धनमा जोड दिइने छ ।

अन्त्यमा मिति २०७४ साल आषाढ १४ गते को स्थानिय र्तहको निर्वाचनमा नेकापा माओवादी केन्द्र त्रियुगा नगरपालिका वडा नं.३ को माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजय गराएको खण्डमा माथिका घोषित  घोषणा र प्रतिवद्धताहरु लाई पुरा गरिने गरी  कार्यहरु गर्ने छन भन्ने कुराहरुको विश्वास दिलाउन चाहन्छौ र पुनःएक पटक गोलाकार भित्रको हसिया हतौडामा ७ तै ठांऊमा मतदान गर्न अनुरोध गर्दछौ ।धन्यवाद ।

गरौं गोलका भित्रको हसियाँ हतौडामा सातै छापमा मतदान

त्रिनपा ३ मा चुडामणी कार्की पाउनमा सबैमा बरदान                                                

 

तपाईको प्रतिक्रिया