उदयपुर, जेठ ३१

कृपया यो पेज Like गर्नु होला

उदयपुरमा चुनाव लड्न नाममा ठुला राजनीतिक दलहरु आँचर संहिता उलंघन गरिरहेका छन । नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) र राप्रपा नेपाल लगायतले निर्वाचन आचारसंहिता उल्लंघन गरेका हुन । राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको परिसरमा पार्टीका झन्डा र व्यानर, चुना चिन्ह अंकित झण्डा रंग्याएका छन । ‘ट्राफिक नियमको नजरबाट हेर्दा दुर्घटना समेत बढ्ने संकेत देखिएको छ,’ स्थानीय शिव दाहालले भने, ‘सडक तथा चोकमा विज्ञापनका होडिङवोर्ड समेत राख्न पाईदैन तर दलले चुनाव प्रसार सडकमा गरेर जोखिम बढाएका छन ।’

गाईघाटको मुख्य चोक, विपी चोक, पिपलचोक, पिजि चोकमा राती राती झण्डा गाडिने गरिएको छ । ‘तीन  दिन अघि काङग्रेसको मात्र झण्डा देखिएको थियो, दुई दिनपछि एमाले र माओवादीले बाँस गाडेर राखेको भेटियो । पिजि चोकमा चिया पसल गर्ने महेस धमालाले भने, ‘जव राती हुन्छ अनि राजनीतिक दलका कार्याकर्ता एकले अर्काको झण्डा मिल्काउँदै आप्mनो झण्डा राख्ने गरेको देखिन्छ ।’ राजनीतिक दलले चुनावी आचारसंहिता उल्लङ्घन गर्दै प्रचारप्रसार समेत भड्किलो बनाएका छन् । त्रियुगा नगरपालिकासहित कटारी नगरपालिका, बेलका नगरपालिका र चौदण्डी नगरपालिका क्षेत्रमा चुनावा प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन । निर्वाचन आयोगले राजनीतिक दललाई चुनावी चिह्न भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेकोछ । तर यसलाई लत्याउँदै अहिले जिल्लाका राजनीतिक दलले चुनाव चिह्न भएको टिसर्ट र झोला वितरण गर्दै हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयको निर्वाचन आचारसंहिता अनुगमनकर्ताका संयोजक कृष्ण पौडेलले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको तर केही उल्लङ्घनका घटना सुन्नमा आएको बताए । ‘सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराउँने छौ,’ उनले भने, ‘निर्वाचन आँचर संहिता नियममित रुपमा अनुगमन भईरहेको छ ।’ सवारी चालक, होटल मजदुरदेखि घर निर्माणमा संलग्न मजदुरलाई समेत राजनीतिक दलले टिसर्ट वितरण गरेका छन ।

निर्बाचन आयोगको आचारसंहिता पालना गर्दै चुनावी आचार संहिता संलघन गरे भन्दा बरु मतदाताहरुको मनछुने कार्य गरेर साधरण तरिकाले नै भतदाताहरु संग भेटघाट गर्ने र भोटमाग्ने कार्य गरेर अगाडी बढ्दा नै जिल्लाका राजनीतिक दलहरुको राम्रो बुजीजिवीको भनाई छ । चुनावमा भागलिने राजनीतिक दलहरु र मुख्य गरेर उम्मेदवाहरुले पालना गर्न पर्ने अनिबार्य सर्तहरु हुन् । तर अहिले दोस्रो चरणको स्थानिय तहको निर्बाचन नजिकै आउनै लाग्दा उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र र जिल्लाको अन्य बेलका,कटारी तथा चौदण्डी गढी नगरपालिकाका बजार क्षेत्रहरुमा मुख्य राजनीतिक दलहरुले नै बढी चुनावी प्रचारप्रसारको क्रममा आचारसंहिता उलङघन गर्ने गरेका छन् । सार्बजानिक स्थलहरुमा समेत राख्ने र झुण्डयाउने कार्यले चुनावी आचारसंहिताको ठाडो उलंघन भएको ठहर्छ । नेकपा माओबादी केन्द्र र फोरम लगायत अन्य साना राजनीतिक पार्टिहरुले पनि सिको गर्न थालेका छन् ।

निर्बाचन आयोगले चुनावी आचारसंहिता निर्देशिका समेत जारी गरेर चुनावमा भाग लिने पार्टिहरुलाई चुनावी चिन्ह भएको टिसर्ट तथा चुनावी चिन्ह भएको कपडाहरु बितरण गर्न नपाइने निर्देशन जारी गरिसकेको छ । यस्तै आयोगले तोकेभन्दा बढी खर्च गर्न गर्न नपाइने र निस्चित समय अवधिभरीमात्र प्रचारप्रसार गर्न पर्ने प्रावधानको ब्याबस्था गरेको छ । यसलाई पालना गर्न सबै राजनीतिक दलहरुको मुख्य दायीत्व हुन जान्छ । चुनावमा टिसर्ट बितरण गरेर चुनाव जीत्न सकिन्न ।  चुनावमा बढी खर्च गरेर र फजुल खर्च गरेर पनि चसनाव जीत्न सकिन्न ।

चुनाव जीत्न मतदाताको मन जीत्नु पर्छ र जनताको मनछुने नीति र कार्यक्रम ल्याउनु सक्नु पर्छ होला । यसैले अब निर्बाचन आयोगको आचारसंहिता पालना गर्दै चुनावी आचार संहिता संलघन गरे भन्दा बरु मतदाताहरुको मनछुने कार्य गरेर साधरण तरिकाले नै भतदाताहरु संग भेटघाट गर्ने र भोटमाग्ने कार्य गरेर अगाडी बढ्दा नै जिल्लाका राजनीतिक दलहरुको लागि राम्रो होलाकी ?

 

तपाईको प्रतिक्रिया