समाचार/लेखलाई सेयर गर्नुहोस् ।

 

कृपया यो पेज Like गर्नु होला

नोकियाले छिमेकी मुलुक भारतमा आज तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्ने चर्चा चलिरहँदा नोकियाले नेपाली बजारमा त्यो भन्दा पहिले नै नोकियाको स्मार्टफोन उपलब्ध गराएको छ ।
मोबाइल वर्ल्ड कंग्रेसबाट विश्व बजारमा सार्वजनिक भएको स्मार्टफोन नोकिया ३ हाल नेपाली बजारमा देखिएको छ । कम्पनीले नेपाल बिना कुनै तामझाम बजारमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो । हाल नोकिया ३ काठमाडौंका केहि सिमित रिटेल स्टोरहरुमा मात्र उपलब्ध रहेको छ ।
आधिकारिक बितरक पारामाउन्ट इलेक्ट्रोनिक्स प्रा.लि.ले अनौपचारिकरुपमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो ।
कम्पनीले गएको शुक्रबारदेखि नेपाली बजारमा बिना कुनै हल्ला नोकिया ३ स्मार्टफोन उपलब्ध गराएको बताईएको छ ।
मोबाइल फोन ब्राण्ड नोकियाका मोबाइल नेपालमा बिक्री गर्ने आधिकारिक बितरक पारामाउन्ट इलेक्ट्रोनिक्स प्रा.लि.ले अनौपचारिकरुपमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले नोकियाका फोनहरुको माग धेरै भएको तर आपूर्ति निकै कम भएको भन्दै अनौपचारिकरुपमा नोकिया ३ बजारमा पठाएको एक अधिकारीले जानकारी दिए । कम्पनीले हाल करिब ५ सय सेटहरु मात्र आएको र सबै बजारमा पठाएको जानकारी दिएको छ तर बजारमा यसको माग करिब ४ हजारको हाराहारीमा रहेको दाबी गरेको छ ।
‘अहिले डिमाण्ड अत्यधिक छ तर सप्लाई निकै कम छ, नोकियाले पनि मिडियामा हल्ला नगरि बिक्री गर्न भनेको हुँदा हामीले आएको जति सबै सेट बजारमा पठायौं,’ उनले भने ।
कम्पनीकाअनुसार हाल काठमाडौंका मुख्य मुख्य बजार क्षेत्रहरुमा थोरै संख्यामा भएपनि नोकिया ३ उपलब्ध रहेको छ ।
कम्पनीले नोकिया ३ को बजार मूल्य भने १५ हजार ६ सय ५० रुपैयाँ तोकेको जानकारी दिएको छ ।
नोकियाको बितरक कम्पनी पारामाउन्टले सबै रिटेलरहरुलाई पुग्ने गरि २/३ वटा सेटहरु प्रत्येकलाई उपलब्ध गराएको जनाएको छ ।
‘हामीले सकेसम्म सबै रिटेलरहरुकोमा पुगोस र ग्राहकहरुको फिडब्याक आओस भनेर बितरण गरेका छौं,’ पारामाउन्टका अधिकारीले भने ।
हाल विश्वव्यापीरुपमा नै नोकियाका फोनहरुको माग अधिक रहेको तर आपूर्ति कम रहेको भन्दै मागअनुसारको सेटहरु आएपछि औपचारिकरुपमा नै बिक्रीको घोषणा गरिने कम्पनीको भनाई छ ।
भारतीय बजारमा पनि सिमित शहरका छानिएका रिटेल स्टोरहरुमा मात्र यी सेटहरु उपलब्ध गराउने जानकारी आएको ती अधिकारीले बताए ।
‘हामीले पनि औपचारिकरुपमा नै नोकिया आएको घोषणा गर्ने तयारी गरेका थियौं, तर सप्लाई कम भएको हुँदा कम्पनीलाई इन्फर्मल बिक्री मात्र गर्ने जानकारी गरायौं,’ ती अधिकारीले भने ।आउँदो अगस्टमा मात्र नोकियाका सबै सेटहरु नोकिया ३, नोकिया ५ र नोकिया ६ उपलब्ध हुने
कम्पनीले नोकिया ३ को बजार मूल्य भने १५ हजार ६ सय ५० रुपैयाँ तोकेको जानकारी दिएको छ ।
कम्पनीले यसअघि नोकियाका सबै स्मार्टफोनहरु नेपालमा ल्याउने भने पनि आपूर्तिको कारण नोकिया ३ मात्र आएको जानकारी दियो ।
नेपालमा आउँदो अगस्टमा मात्र नोकियाका सबै सेटहरु नोकिया ३, नोकिया ५ र नोकिया ६ सहजरुपमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।
‘यसअघि नोकिया ३३१० आउँदा पनि हामीले केबल १००० पिस मात्र ल्याउन सक्यौं, त्यसैले कम्पनीले अगस्टदेखि भनेजति उपलब्ध गराउने हुँदा त्यसपछि सबै मोडलहरु आउँछ,’ पारामाउन्टका अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया