कृपया यो पेज Like गर्नु होला

उदयपुर/उदयपुरको चौदण्डीगढी नगरपालिकाको नेकपा एमालेका उम्मेदवार नरेन्द्र बहादुर राउत (कमल) ले आफु चौदण्डीगढीको मेयर भएमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणा सभामा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार राउतले आफ्नो पुर्खौली सम्पति र  व्यवसायबाट नै दैनिक जिविकोपार्जन हुने भन्दै नेपाल सरकारबाट कुनै पनि सेवा सुविधा नलिने बताएका हुन । उम्मेदवारी घोषणा सभामा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने–‘स्थानिय तहमा हुने गरेको भष्ट्राचार अन्त्यको लागि पनि स्थानिय निकायमा दिने सेवा सुविधामा नलिने घोषणा गर्दछु । ’ जनताको सेवा गर्ने उदेश्यले चुनावमा उठेको बताउदै मेयरमा जितेपछि मेयर वापत प्राप्त हुने तलब भत्ता तथा अन्य सेवा सुविधा नलिने उदघोष गरेका थिए । राउतले जनताको सेवा गर्न मेयरमा उठेको , कर्मचारी भएर तलब खान नउठेको बताउदै मेयर जिते पछि प्राप्त हुने सेवा, सुविधा कोष खडा गरेर शिक्षा, स्वास्थ्य, बृद्धबृद्धा आश्रम, युवाहरुको लागि खेल मैदान, खेल सामाग्री, दलित जनजातीको लागि सिप मुलक तालिम, आमा समुह तथा अपाङ्गहरुको लागि खर्च गर्ने बताए । उनले सवारी साधनमा हाल्ने पेट्रोल समेत म व्यक्तिगत रुपमा खर्च गर्ने उद्घोष गरेका थिए ।
उनले विगतमा गरेका समाजिक कामको मूल्याङ्कन गर्दै नेकपा एमालेले मलाई यस नगरको उम्मेदवारी बनाएको बताए । उनले भने–‘आफु मेयरमा निर्वाचित भएमा जनताको करबाट उठाएको तलब खाएर सेवा नगर्ने र आफ्नो पाँच बर्षको लागि खर्च आफ्नो ब्यबसायबाट आम्दानी भएको पैसोले चलाउने पत्रकारहरुलाई अवगत गराउन चाहान्छु ।’
नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका राउतले पत्रकारसंगको भेटघाटमा बोल्दै आफु मेयर बनेमा चौदण्डीगढीको मास्टर प्लान बनाएर योजनबद्ध विकास गर्ने बताएकान हुन । उनले चौदण्डीगढीको विकासको लागि अहिले निश्चित भिजन भएका व्यक्तिहरुको अभाव भएको भन्दै उनले चौदण्डीगढी नगरपालिकालाई उदयपुरकै नमूना नगरपालिका बनाउने र स्वच्छ, सफा ग्रीन सिटीको रुपमा विकास गर्ने योजना आफुसंग रहेको बताएका हुन ।

उनले विकासको स्पष्ट भिजन भएको व्यक्तिलाई स्थानिय जनताहरुले भोट दिनुपर्ने तर्क राखे । उनले शेन वंश राजाले राज गरेको दरबार चौदण्डीगढी किल्लालाई पर्यटकिय किल्लाको रुपमा विकास गरी पर्यटकिय नगरको रुपमा विकास गरिने जानकारी दिए । यस्तै बसहा, सिवाई, सुन्दरपुर, हडिया जस्ता उर्वरभूमिलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना रहनुको बताए ।
बेल्टार बजारको शहरी विकासको लागि निश्चित योजना अगाडी बढाउनुपर्ने खाँचो रहेको भन्दै उनले त्यसको निश्चित मोडल आफुसंग रहेको बताएका थिए ।
नरेन्द्र राउत (कमल)ले गरेका केही उदाहरणीय कामहरु

नेकपा एमाले उदयपुर जिल्ला कमिटी सदस्य रहँदा नरेन्द्र बहादुर राउत –कमल)ले विगतका दिनहरुमा यस जिल्लाको लागि उदाहरणिय कामहरु गरेर सामाजिकमा उच्च छवि भएका व्यक्ति हुन् । उनले विभिन्न विद्यालयहरुको लागि पक्की भवनको निर्माण गरेको बताए ।

मैले सामाजिक भावले विगतका दिनहरुमा सामाजिक भावनाले मेरो आफ्नो मेन पावर अनमोल ओभरसिज प्रालिबाट केही रकम र थ्रीभी ग्रुप मलेसियाको अनुदानमा विभिन्न स्थानमा पक्की विद्यालय भवन बनाएको बताए । उनले भने–‘शारदा मावि चौदण्डीगढीलाई दुई कोठे विद्यालय भवन, जन ज्योति प्रावि. ज्यामिरेझोरलाई चार कोठे विद्यालय भवन, जन प्रेमी निमावि जोगिदहलाई तीन कोठे भवन, भुट्टारको मालबासे माविलाई चार कोठे विद्यालय भवन, रामपुरको लालबजार राकस्नी निमाविलाई चार कोठे विद्यालय भवन, जन जागृति निमावि आँपटार करकुसेलाई चार कोठे विद्यालय भवन निर्माण गर्न सहयोग गरेको छु ।’

मेयरका उम्मेदवार राउतले साविक मैनामैनीको मुलगाउँका महिलाहरुको प्रसूति गराउन सुनसरीको धरान र रामपुर बजार जानु पर्ने बाध्यतालाई मध्य नजर गर्दै सोही ठाउँमा बर्थिङ सेन्टरको लागि तीन कोठे भवन निर्माण गरेर सहयोग गरेका थिए । गत वर्षको हावाहुरीले साविका गाविस रामपुर ठोक्सिला गाविस–५ स्थित सातपत्रेको विद्यालयलाई २० बण्डल जस्ता पाता सहयोग गरेका थिए ।
यस्तै राउतले जन प्रेमी निमावि जोगिदहको विद्यालयलाई पाँच थान कम्प्युटरको साथै एक वर्षसम्मका लागि कम्प्युटर शिक्षक समेत उपलब्ध गराएका थिए । यस्तै मैनामैनीको उच्च मावि कोठुमा पाँच थान कम्प्युटर, शारदा आर्दश निमावि सिद्धिपुर चौदण्डीगढीको विद्यालयलाई तीन थान कम्प्युटर तथा पुस्तकहरु वितरण गरेका थिए ।

विगतका दिनहरुमा मेयरका उम्मेदवार राउतले चौदण्डीगढी नपाको हडियामा दुर्गा मन्दिर निर्माणको लागि ३५ हजार आर्थिक सहयोग गर्नुको साथै हडियाको अधेरीमा बाल विकास केन्द्र संचालन गर्नका लागि १० हजार सहयोग गरेका थिए । हडियाको रामजानकी मन्दिरको लागि एक थान साउण्ड सर्भिस समेत सहयोग गरेको उनले बताए ।
यस्तै उदयपुरको साथै काठमाण्डौको विभिन्न संघ संस्थाको साथै सालिनी नदिको गेट बनाउनको लागि आर्थिक सहयोग गरेका थिए । यस्तै उदयपुरका विभिन्न विद्यालयमा पुस्तक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया