उदयपुर/आसन्न स्थानीय तहको चुनावका लागि उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदमा नेकपा एमाले उदयपुरले बलदेव चौधरीलाई उम्मेदवार बनाएको छ ।
सुन्दर, सम्बृद्ध र सुविधा सम्पन्न नगर बनाउने भन्दै चौधरीले उम्मदेवार दिएको बताईएको छ । त्रियुगा नगरलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, औद्योगिकिकरण लगायतका सुविधाबाट नगर बासिन्दालाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धताका साथ नेकपा एमालेबाट आफुले उम्मेदवारी दिएको बताए ।
उम्मेदवार चौधरीले स्मार्ट सिटी निर्माण गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, शिक्षाको क्षेत्रमा सबै वडामा मावि, नगरमा आधुनिक कृषि क्याम्पस, आधुनिक क्याम्पसहरु, प्राविधिक क्याम्पसको स्थापना गरिने, सबै वडामा आधुनिक स्वास्थ्य सेवा पु¥याईने, नगरको बाहिरी रिङ रोड, भित्रि रिङ रोड, भूमिको वर्गिकरण, भूमि ब्यवस्थान, चुरे तथा महाभारतको राष्ट्रिय तथा सामुदायिक वनको ब्यवस्थापन, त्रियुगा नदि नियन्त्रणमा गुरु योजना निर्माण गरि योजना सञ्चालन गरिने योजना रहेको बताए ।

समाचार मन परे Like गर्न नभुलौ ।

त्यसैगरी पर्यटन बिकास, वातारण संरक्षण गरि हरित शहरको बिकास, भित्री रिङ रोडमा नगर बस सञ्चालन, खानी तथा कारखानाको उचित ब्यवस्थापन तथा सञ्चालन नगरको माथिल्लो भेगमा जडिबुटी खेति तल्लो भेगमा पशुपान, साउनेमा पहाडी शहरको रुपमा बिकास गरिने, खाँबुमा जडिबुटी तथा पशुपालन, नगरको भित्रि शहरमा प्रविधिमैत्री बनाउने, शान्ति सुरक्षालाई मजबुद बनाउन भित्रि शहरमा सिसि क्यामेराको जडान गरिने बेल्दोभान रौता केबलकार सञ्चालन गरिने त्रियुगा नदी नियन्त्रणपछि नदि किनारामा भएको जमिनमा सोलार प्यानल जडान गरेर १२० मेघावाट बिद्युत उत्पादन गरिने योजना रहेको जानकारी दिए । उनका अनुसार सोलर प्यानल जडान गरेर विद्युत उत्पादन गर्न चिनीया कम्पनीसंग केही महिना पहिले छलफल भएको समेत बताए ।

एमालेको प्रतिष्पर्धि काँग्रेस हो माओवादी होइन :- वडाध्यक्षहरु

आसन्न दोस्रो चरणको स्थानीय निर्वाचनमा एमालेको प्रतिषपर्धि काँग्रेस भएको अधिकांश वडाध्यक्षका उम्मेदवारहरुले बताएका थिए ।  नेकपा एमालेले आयोजना गरेको स्थानीय घोषणा पत्र तयारी तथा वडागत समस्याहरुको विषयमा समावेश गर्न बसेको बैठकले रिर्पोटिङको क्रममा एमालेको प्रतिषपर्धि काँग्रेस मात्रै भएको बताएका थिए ।
उपस्थित वडाध्यक्षहरुले वडागत समस्या तथा पहिचान सहित रिर्पोटिङको क्रममा वडा नं.१ देखि ११  वडासम्मको साथै १३, १४ र १५ का वडाध्यक्षहरुले आफ्नो वडाको प्रतिषपर्धि नेपाली काँग्रेस रहेको बताएका थिए । यस्तै वडा नं. १२ का वडाध्यक्ष विक्रम राईले यस वडामा त्रिपक्षीय प्रतिषपर्धा हुने सम्भावना बढी रहेको बताए । उनका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस र मधेशवादी दल बिच प्रतिष्पर्धा हुने बताए ।
यस्तै वडा नं.–१६ का वडाध्यक्ष उपेन्द्र तामाङले आफ्नो वडामा माओवादी केन्द्रसंग नेकपा एमालेको प्रतिष्पर्धा हुने बताए । बाहेक अन्य सबै वडाहरुको रिपोर्टिङमा अधिकांश वडाहरुमा आफ्नो जित सुनिश्चित भएको बताएका थिए । बैठकमा नेकपा एमालेका प्रदेश कमिटी सदस्यत्रय राजकुमार राई, लक्ष्मीनारायण चौधरी र मणि पौडेलको साथै जिल्ला कमिटीका अध्यक्ष ईश्वमणि राउत, उपाध्यक्ष विमल कार्की लगायत जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकमा मेयरका उम्मेदवार बलदेव चौधरी र उपमेयरका उम्मेदवार सृजना दनुवार लगायत वडाका वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारहरुको  उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: