शुरेस कुमार राई (हिमाल)

सर्बोच्च अदलातबाट शक्ति पृथिकिकरणको सिद्धान्त बिपरित कार्यपालिकाको क्षेत्राधिकार जब्बरजस्त हस्तक्षेप गर्नुको अन्तर्यमा, सम्विधान कार्यान्वयन प्रक्रियामा गत्यारोध पैदा गर्ने, जनयुद्ध र जनआन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु सखाप पार्न प्रतिक्रान्तिकारीहरुको मतियार बन्ने र प्रतिगमनको मुख्य उदेश्य माओवादी आन्दोलनलाई सखाप बनाउने षडयन्त्र अन्तर्गत न्यायपालिकालाई अग्रसर गराएको पदेखिन्छ ।
घटनाको पृष्टभुमि:-
            एमाले अध्यक्ष केपी ओली, बरियताक्रममा अघि रहेको डिआइजी नबराज सिलवाललाई महानिरिक्षकमा जुनसुकै हालतमा नियुक्ति गरेर स्थानीय निर्वाचनलाई नकरात्मक प्रभाव पार्न चहन्थ्यो । त्यसको ज्वलन्त उद्धारण  तथकथित मेचि-महाकाली अभियानको प्रारम्भमै केपी ओलीको ठाडो आदेशमा एमालेका संगठित सदस्य रहेका एसपी दिनेश लोहनी र डिएसपी धन ब. कार्कीद्वारा सप्तरीमा ५ जनाको हत्या गराइयो ।  स्मरण रहोस, परिवर्तनका राजनीतिक एजेण्डाहरु बिरुद्ध सम्विधान जारि भइसके पछि पनि पुर्णरुपमा आत्मासाथ नगरेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्न, तीनै तहको निर्वाचनबाट गर्ने जिम्मेवरी प्रति बिगतकाल देखि नै गंभिर अरुचि रहेको कुरा सबैलाई ज्ञातब्य नै छ ।
          कांग्रेस सभापति सेर बहादुर देउवाबाट आफ्नै दलबाट पदवहाल गृहमंन्त्री बिमलेन्द्र निधिलाई महरा बनाउदै निरलज्ज र बैमानी पुर्ण ढंगले, बरियता र कार्यासम्पादनमा चौथोमा रहेको डिआइजी जयबहादुर चन्दलाई महानिरिक्षकमा जुनसुकै हालतमा नियुक्ति गरेर स्थानीय तहको निर्वाचनमा आफुअनुकुल मत परिणाममा प्रभाव पार्न, कमजोर सत्ता साझेदार दल(तर संसदीय अंक गणितमा मात्र कमजोर)का अध्यक्ष तथा प्रधानमंत्री प्रचण्डलाई सरकारबाट समर्थन फिर्ता लिने सम्मको दबाव दिएर नियुक्ति गर्नै पर्ने हठ् असामन्य थियो ।
          प्रधानमंत्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता साझेदार दलको राजनीतिक दबाव र प्रतिपक्ष एमाले लगाएतका प्रतिगमनकारी हर्कतहरु झेलदै, स्थानीय तहको निर्वाचनमा आउने मत परिणामको कुनै प्रभाह नलिई, छिमेकी देशसंगको सम्वन्धलाई सन्तुलीत बनाएर सम्विधान कार्यान्वयन प्रक्रियालाई अघि बढाउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागी गराउने नयाँ राष्ट्रिय एकताको अभियाको कुसलतापूर्वक नेतृत्व गरिरहेको अबस्थामा संक्रिण एकल मण्डले राष्टवादी एमाले नेता केपी ओली, राजावादी र राजनीतिक परिवर्तनलाई अस्वीकार गर्ने तत्वहरुबाट राजतन्त्र फर्काउने षडयन्त्र प्रष्ट देखिएकोले प्रतिवाद स्वरुप प्रधान न्यायधिस शुसिला कार्की माथि महाअभियोग प्रस्ताब संसद सचिवालयमा दर्ता गरिएको हो ।
प्रतिगमन षडयन्त्रका घटनाक्रम सिलसिला:-
षडयन्त्र नं. १
         एमालेका केपी ओली समुह, जुनसुकै हालतमा निर्वाचनलाई असोजमा सारेर सम्विधान कार्यान्वयन प्रक्रिया बिलम्व गरि, आफु अनुकुल नभए संवैधानिक संकट पैदा गरि प्रतिगमनको आधार तयार गरि त्यसको नेतृत्व गर्ने ।
षडयन्त्र नं. २
          सम्विधानको स्वीकार्याता बढाउने र निर्वाचनमा सबैको सहभागितालाई सुनिस्चित गर्ने सम्विधान संसोधन प्रस्तावलाई असफल बनाउन एमाले नेता केपी ओलीको ठाडो निर्देशनमा राष्टपति विध्यादेवी भण्डारीले ज्ञेनेन्द्र शाहलाई राप्रपाको १० सांसदलाई सम्विधान संसोधन प्रक्रियमा रोक लगाउन हार्दिक र बिनम्र अनुरोध गरिएको ।
षडयन्त्र नं. ३
          केपी ओलीको आदेशमा, जनयुद्ध र जनआन्दोलनको उपलब्धि बिरोधी केही न्याधिस र ओकिलहरुको षडयन्त्र अन्तर्गत डिआइजी जय बहादुर चन्दको प्रहरी महानिरिक्षक पद वहाली सम्बन्धि सरकारको निर्णयलाई खारेज गर्दै बरियताक्रम र कार्यसम्पादन मुल्यांकन अनुरुप डिआईजी नबराज सिलवाललाई महानिरिक्षक पदमा नियुक्ति गर्न सर्बोच्चबाट फैसला गराई सरकारको क्षेत्राधिकार माथि निर्ममतपूर्वक हस्तक्षेप गराइयो ।
षडयन्त्र नं. ४
         प्रचण्ड सरकारले सर्बोच्चको आदेश पालना गर्न र कार्यपालीकाको सर्बोच्चतालाई कायम राख्दै महानिरिक्षक पदमा जयबहादुर चन्दको अदलात फैसला निर्णयलाई स्वीकार्दै, कार्यसम्पादन मुल्याकंनलाई आधार मानी डिआईजी प्रकाश अर्याललाई महानिरिक्षक पदमा नियुक्ति निर्णय गरिएको हो ।
         बरियताक्रममा डिआइजी नबराज सिलवाल पहिलो भएता पनि सरकारको निर्णयलाई अस्वीकार गरि एमाले नेता केपी ओलीकै योजनामा सर्बोच्चमा ‘प्रहरी महानिरिक्षक मै हुन पाउँ’ भनि रिड निवेदनबाट बिवादमा तानिएको र डिआइजी जय बहादुर चन्दलाई सरकारले महानिरिक्षक पद नियुक्ति निर्णय सर्बोच्चले खारेज गरे पछि, कार्यासंपादन मुल्यांकन फायल हेर्दा, नबराज सिलवालको ३८ नं. थियो भने बरियताक्रममा पछि रहेका डिआइजी प्रकाश अर्यालको कार्यासंपादन मुल्यांकन ३८.२ नं. रहेको स्पष्टताबाट महानिरिक्षक पदमा नियुक्ति गरिएको हो ।
         सर्बोच्चका न्याधिसहरुबाट कार्यासंपादन मुल्यांकन फायल गृहबाट झिकाई सर्बोच्चकै न्यायधिस मध्यबाट कार्यासंपादन मुल्यांकन फायलमा नबराज सिलवालको कार्यकालको कार्यासंपादन मुलल्यांकनमा कमि देखाई एक बर्षको २ अंक थपिएको रहेन छ । न्यायधिस स्वयंले कृते गरि २ अंक थपी जम्मा ३८ नं. बाट ४० नं. बनाएर बरियताक्रम र कार्यासंपादन मुल्यांकन दुबैमा अघि रहेको आधार बनाई सर्बोच्च अदलातका न्याधिसहरु जुनसुकै हालतमा नवराज सिलवाललाई महानिरिक्षक पदमा नियुक्ति गर्न अन्तिम तयारी पूरा गरिसकेका थिए ।
षडयन्त्र नं ५
           सर्बोच्चका प्रधानन्याधिस एमाले नेता केपी ओली झै भान हुनेगरि न्याधिसहरुबाट शुशिला कार्कीलाई चंगुलमा पारी पुन: बैशाख १९ गते प्रहरी महानिरिक्षक प्रकाश अर्याललाई बर्खास्त गरी डिआइजी नबराज सिलवाललाई प्रहरी महानिरिक्षक पदमा फैसाला गरि गृहसचिव गोबर्दन रेग्मीलाई सर्बोच्च अदालत परिसरमा बोलाई पदबहाल गर्न लगाउने र शुसिला कार्की अबकास बिदामा बस्न लगाउने योजना थियो ।
षडयन्त्र नं. ६
          कार्यपालिकाको क्षेत्राधिकारलाई तेजोवध गरि प्रधानमन्त्री प्रचण्डलाई नैतिक रुपमा राजीनामा गर्न बाध्य गराउने र स्थानीय तहको निर्वाचनलाई तहसनहस पार्ने । कांग्रेस सभापति सेरबहादूर देउवालाई सर्बोच्चको मानहानी मुद्धामा फसाउने, सुडान घोटालामा मुछिएका कांग्रेसका नेताहरुलाई क्रमश जेल हाल्ने र भारतीय पक्षधर नेपाली कांग्रेस गुठलाई सुदृढ बनाइदिएर प्रतिगमनलाई सहज बनाउने योजना रहेको थियो ।
एमालेका केपी ओली समुहले अपराधिक षडयन्त्र गर्नुपर्ने बाध्यता :-
बाध्यता नं. १
          आफैले गठन गरेको केपी ओली सरकारलाई आफैले बर्खास्त गरि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुख्य वहाक शक्ति माओवादी केन्द्र र त्यसका अध्यक्ष क. प्रचण्ड देशको प्रधानमंन्त्री बहाल भए पछि देशका सामु रहेका सबैखाले चुनौति एक पछि अर्को गर्दै छिचोलेर निक्कै ठूलो वलिदानबाट प्राप्त उपलब्धि हरुलाई संस्थागत गर्न संम्विधानको स्वीकार्यता बढाउदै संम्विधान कार्यान्वयन प्रक्रिया अन्तर्गत तीनै तहको निर्वाचन सम्पन्न गर्ने बातवरण निर्माण गर्न कुसल र लोकप्रिय बनेका प्रधानमंत्री प्रचण्ड देखि देशिविदेशी प्रतिक्रियावादीहरुको निदहराम भई बिक्षिप्त हुनु पुगे थिए ।
बाध्यता नं. २
          २०७० को दोस्रो संविधानसभामा दलाल तथा नोकरशाही तन्त्रलाई दुरुप्रयोग गरि दोस्रो ठुलो दल बन्न सफल एमालेका केपी ओली समुह, संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा आफ्नो कुनै राजनीति एजेण्डा नभएकोले सर्वनाक हार हुने ठहराएकोले माथि उल्लेखित षडयन्त्रको ब्यूरचना गरेको स्पष्ट हुन्छ ।
बाध्यता नं. ३
         एमाले अध्यक्ष केपी ओलीले, स्थानीय तहको मत परिणाम आफ्नो पक्षेमा नआउने प्रष्ट देखे पछि जनयुद्ध र जनआन्दोलनहरुबाट प्राप्त सम्बिधानका उपलब्धिहरु सखाप पर्ने तुच्छ वर्गीय बाध्यात्मक अबस्था रहेको थियो ।
️जसकोलागि एमालेलाई निम्नाअनुसार षडयन्त्रका क्रमहरु अघि बढाए :-
१. सम्विधान कार्यान्वयनमा योजनाबद्ध बिलम्व गरि संबैधानिक संकट पैदा गरि प्रतिगमनको तयारी गर्ने ।
२. साम्राज्यवादी र नवऔपनिवेसवादीहरुको इसारामा प्रतिगामी एमाले, राजावादी र दलाल तथा नोकरशाहीहरुको गठजोरमा संक्रमणकालको फाइदा उठाई प्रतिगामी ‘कू’ गर्ने तयारी भएको ।
३. ज्ञेनेन्द्र शहालाई सिधै सिंहसानमा राख्ने नसके राष्टपति बनाउने र न्यायलय कब्जा गरि एकात्मक तथा सामन्ती राज्य ब्यबस्था पुन:स्थापित गर्ने योजना रहेको ।
          तर, प्रधानमंत्री प्रचण्डले कांग्रेस सभापति देउवाको सहयोगबाट, न्यायमुर्तिको कभरमा केपी ओली समुहको अपराधीक षडयन्त्रहरु तत्काललाई असफल मात्र होइन कडा प्रतिवाद भएको छ ।
           अन्तमा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सस्थागत गर्दै आर्थिक समृद्धि र समान्ताका लागि प्रारम्भिक समाजवादी ब्याबस्था स्थापनार्थ तीनै तहको निर्वाचन मध्य स्थानीय तहको निर्वाचन हुदैछ ।  ३ प्रदेशमा हुने पहिलो चरणको निर्वाचनका लागि, बैशाख १९ गते उम्मेद्वार मनोनयन दर्ता प्रक्रियालाई सफल गर्नै पर्दछ । र ४ प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सबै अग्रागामी शक्तिहरु दृढतापुर्वक एक जुट हौं ।
           राजनीति भनेको बिज्ञान र कला भएको नेतृत्व हो भने राजनीतिक नेतृत्वको काम भनेको :-
१. छरिएर रहेको आर्थिक आयब्यायलाई केन्द्रीत गरि बस्तुवादी योजना निर्माण गरि परिचालन गर्नु ।
२. समग्र राज्य ब्याबस्था संन्चालनको निम्ति आर्थिक स्रोत-साधनलाई ब्यावस्थापन गर्नू ।
३. र, यी दुई आर्थिक परिचालन र आर्थिक ब्यावस्थापनबाट आत्मानिर्भर स्वाधिन अर्थतन्त्र बिकाशको निम्ति दृढतापुर्वक अघि बड्नु हो ।
            अत: स्वाधिन र समृद्ध राष्टिय अर्थतन्त्र निर्माणका लागि अधिकार सम्पन्न समृद्ध गाउँनगरको निर्वाचन अभियान सफल पारौ ।

लेखक : माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा प्रदेश नं १ का नेता हुन । 

समाचार मन परे Like गर्न नभुलौ ।

मिति २०७४ बैशाख १९ गते प्रकाशित २०७४ वैशाख २० गते अध्यावधिक गरिएको

तपाईको प्रतिक्रिया

%d bloggers like this: