रोयल आचार्य-
नेपाली कांग्रेस
नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ४ मा तिर्थ अधिकारी उमेद्वार बन्ने भएका छन् । उक्त वडाको अध्यक्ष पदका लागि पर्शुराम चौलागाईको नाम सिफरिस भएको भए भनि त्यसमा आपत्ति जनाउदै तिर्थ अधिकारीले उमेद्वारी घोषणा गरेका हुन् । युवा तथा पारिवारिक पृष्ठभूमिका कारण पनि कांग्रेसबाट अधिकारीको उमेद्वारी अपरिहार्य रहेको स्थानीयको बुझाई छ । तिर्थ अधिकारी यस क्षेत्रका प्रभावशाली एवंम प्रखर नेता स्वर्गीय पर्शुराम अधिकारीका सुपुत्र हुन् । हाल उनी उदयपुर क्षेत्र नम्बर १–काठमाडौ सम्पर्क मञ्चका सभापति हुन् ।
 
नेकपा एमाले
नेकपा एमालेबाट बेलका नगरपालिका वडा नम्बर ४ को अध्यक्षका लागि ढक बहादुर बिष्ट वा दीपक दंगाल उठ्ने पक्का भएको छ । बिष्ट एमाले क्षेत्र नं १ का पूर्व सचिव तथा एमाले वेलका नगरकमिटिका प्रचार विभाग प्रमुख हुन् । उता दंगाल युवा संघ उदयपुरको सदस्य, उपाध्यक्ष हुदै हाल तल्लो सगरमाथा अंचल कमिटिका अध्यक्ष हुन् । उनी तत्कालिन ठोक्सिला ७ का वडा नागरिक मञ्च संयोजक समेत थिए । यि दुईमा एक जनाले टिकट पाउने करिब पक्का भए पनि कसले पाउने एकिन भने हुन सकेको छैन ।
 
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रका तर्फबाट वेलका नगरपालिका वडा नम्बर ४ बाट मनोज तामाङ उठ्ने पक्का भएको छ । माओवादी केन्द्र साविकको ठोक्सिला गाविसका संयोजक रहेका तामाङ हाल नेकपा माओवादी केन्द्र वेलका नगर कमिटिको सह–इञ्चार्ज हुन् । गुरुङचौरी स्थायी घर भएका तामाङ्ग माओवादी केन्द्रका शसक्त युवा नेता हुन् ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया