अपार्टमेन्टमा बस्नेहरुलाई कहिलेकाहीँ छिमेकीहरुका विभिन्न आनीबानीले दिक्क पार्छन् । एउटै घरमा आफुभन्दा माथिल्लो तलाको अपार्टमेन्टमा बस्ने मानिसहरुले गर्ने ड्याङड्याङ डुङडुङ, झैझगडा, होहल्ला तथा फोहोर आदिका कारण हैरान होइन्छ । होहल्ला गर्ने छिमेकीको यस्तै चालाबाट आजित भएका एक चिनिया व्यक्तिले हल्ला गर्ने छिमेकीलाई सबक सिकाउन अनौठो काइदा अपनाएका छन् ।
चीनको साङसी प्रान्तमा बस्ने ती व्यक्तिले एक वेबसाइट मार्फत ठूला ठूला व्यवसायिक मोटर खरीद गरे । त्यसपछि उनले ती सबै मोटरलाई अपार्टमेन्टको छतमा लगे र मोटर चलाइदिए । जब उनले मोटर चलाइदिए तब मोटर घुमिरहँदा निस्केको आवाज तथा कम्पनले अपार्टमेन्टमा बस्नेहरु हैरान भए । केटाकेटी डराउन थाले । साँच्ची भुकम्पले घर हल्लाए जस्तो हुन थाल्यो ।

समाचार मन परे Like गर्न नभुलौ ।

अपार्टमेन्टमा बस्नेहरुले सहन सकेनन् र पुलिसलाई खबर गरे । जब पुलिस आयो तब मोटर चलाउने ती व्यक्ति त्यहाँ थिएनन् । दिनभरी नै मोटर चालु रह्यो र अपार्टमेन्टबासी दिक्क भए । अर्को दिन ती व्यक्ति घर फर्किँदासम्म पुलिसले मोटरको तार काटिसकेको थियो ।

त्यसरी अपार्टमेन्टमा मोटर चलाउनुको कारणबारे सोध्दा उनले सोही घरको माथिल्लो तलाको अपार्टमेन्टमा बस्नेहरुका कारण यस्तो गर्न बाध्य भएको बताए । उक्त घटनापछि होहल्ला गर्ने उनका छिमेकीहरु पनि सुधि्रएका छन् । हल्लाखोरहरुलाई सबक सिकाउने उनको त्यो काइदा आजकल चर्चाको विषय बनेको छ ।
एजेन्सी

तपाईको प्रतिक्रिया

%d bloggers like this: