समाचार/लेखलाई सेयर गर्नुहोस् ।

पैसालाई लिएर धेरैजसोले गल्ती गर्छन्, जसले गर्दा महिनाको अन्त्यतिर आर्थिक खडेरीले सताउँछ । यदि तपाईलाई पनि महिनाको अन्त्यतिर यस्तो खडेरी सताउँने गर्छ भने यी टिप्स तपाईलाई काम लाग्नेछन् ।

कृपया यो पेज Like गर्नु होला

– यदि हामी कुनै चीज घरको नजिकै १०० रुपैयाँमा पाउँछौ र त्यही चीज आधा मुल्यमा ४ किलोमिटर पर पाइन्छ भने हामी आधा मुल्यमा पाइने पसलमा जान्छौ । हामी आधा मुल्यमा चीज त किन्न सक्छौ, तर हाम्रोले कति समय खर्च गर्यौँ भन्ने कुरा बुझ्दैनौँ ।

– यदि हामी बाहिर सपिङमा निस्कियौँ भने बाहिरै खाना खाने मनसाय बनाउँछौ । यस्तो, अवस्थामा हामी खुलेर खर्च गर्छौ, जुन कुरा महिनाको अन्त्यतिर थाहा पाउँछौ ।

– जब हामी कतै घुम्न निस्कन्छौ, गोजीमा पैसाबाहेक क्रेडिट–डेभिट कार्ड पनि राख्छौँ । यद्यपी, यो राम्रो बानी हो । तर, कतै घुम्न जानअघि आफ्नो खर्चबारे योजना बनाउँनु राम्रो हुन्छ ।

– जुन दिन तपाई आफ्नो तलब पाउँनुहुन्छ, कहाँ कति खर्च गर्ने छ्ुट्याउँनुहोस् । बाँकी बचेको पैसा एक अलग खातामा जम्मा गर्नुहोस् ।

– धेरैजसो मानिस ‘सेल’ वा ‘बाय वन गेट वन फ्रि’को लोभमा फस्छन् । यस्तो अवस्थामा होलसेलमा पनि सस्तो सामान पाइन्छ भन्ने थाहा पाउँन जरुरी हुन्छ ।

– धेरैजसो व्यक्तिको बानी पर्समा जति पैसा छ, सबै खर्च गर्ने हुन्छ र यदि कसैले यो खराब आदतबारे बोलिदिए भन्छन्, ‘मेरो हातमा पैसा अडिँदैन’ । तपाईको पनि यस्तो बानी छ भने घरबाट बाहिर निस्कँदा जति खर्च गर्नुछ त्यति मात्रै पैसा लिएर निस्कनुहोस् ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

तपाईको प्रतिक्रिया