सन् २०१७ को अन्त्यतिर एप्पलले तिनवटा स्मार्टफोन लञ्च गर्नेवाला छ । त्यसमध्ये एउटा बहुप्रतिक्षित स्मार्टफोन, आइफोन इडिसन अर्थात् आइफोन एट हो ।

कृपया यो पेज Like गर्नु होला

एप्पलका फ्यानहरु यो बहुप्रतिक्षित फोन हातमा पार्नका लागि व्यग्र छन् । तर एक रिपोर्टले उनीहरुको पर्खाई अझै बढ्ने संकेत गरेको छ । रिपोर्ट अनुसार एप्पलको आइफोन ८ उपभोक्ताको हातमा पुग्न केही बढि नै समय लाग्नेछ ।

सिएनबीसीको रिपोर्ट अनुसार ड्रेक्सेल ह्यामिल्टनका विश्लेषक ब्रायन ह्वाइटले लगानीकर्ताहरुलाई एक नोट प्रेषित गर्दै ५.८ इन्चको आइफोन एट आउन केही ढिला हुने भएपनि अर्को वर्ष अगावै उपलब्ध हुने जानकारी दिएका छन् ।

उनका अनुसार आइफोन एटमा थ्री डी सेन्सिङ टेक्नोलोजी तथा ओएलइडी डिस्प्ले हुनेछ । थ्री डी सेन्सिङ प्रविधिमा देखिएको चुनौतिका कारण आइफोन एट बजारमा आउन केही हप्ता ढिलो हुने तर डिसेम्बरका विदाको समयसम्ममा आइKmोन एट बजारमा उपलब्ध हुने आशा गर्न सकिने उनले बताएका छन् ।

तर अन्य एप्पलले ल्याउने अन्य दुई स्मार्टफोन आइफोन सेभेन एस तथा सेभेन एस प्लसको भने पि्र अर्डर गर्न सकिनेछ ।

रिपोर्ट अनुसार एप्पललको आगामी आइफोन एट स्मार्टफोन जगतमा नितान्त नयाँ प्रविधिले युक्त हुनेछ । यसमा आर्टिफिसियल रियालिटी प्रविधि रहनेछ । यसका लागि एप्पलले अनुभवी हार्डवेयर तथा सफ्टवेयर डेभलपर्सको एउटा टोली गठन गरेको छ । उक्त टिमको नेतृत्व डल्बी ल्याबका पूर्व कार्यकारीले गरेका छन् भने ओकुलस तथा होलोलेन्समा काम गरेका पूर्व कर्मचारीहरु पनि छन् ।

गत महिना सार्वजनिक एक अर्को रिपोर्ट अनुसार एप्पलले थ्री डी सेन्सिङ प्रविधि विकास गर्ने लुमेन्टम नामक कम्पनीसँग समेत निकट रहेर काम गरिरहेको छ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया