समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट, चैत्र १५
सरकारले घोषणा गरेको स्थानीय तहको चुनावको मिति नजिकिएसँगै नेकपा माओवादी केन्द्र छोडेर बाहिरिएकाहरू र विभिन्न पार्टी परित्यग गरेर आउनेको संख्या बढ्न थालेको छ । माओवादी फुट्दा अलग भएकाहरुलाई माओवादी केन्द्रले फेरि पुरानै पार्टीमा फर्काउन थालेका छन भने नेकपा एमाले र नेपाली काङग्रेस परित्यग गरेर प्रवेश गर्नेको संख्या बढ्दै ठुलो संख्यामा बढ्दै गएको छ ।
विशेष गरेर उदयपुरमा ८ वटै स्थानीय तहमा नेपाली काङग्रेस, नेकपा एमालेका स्थानपित गाँउका नेताहरु वर्षौदेखिको पार्टी एमाले र काङग्रेस परित्याग गरी प्रवेश गर्न थालेका छन् । माओवादी केन्द्र उदयपुरले सञ्चालन गरेको चुनावी कार्यक्रममा माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज मोहनबहादुर खत्री दिपकले बताए । ‘उदयपुरका ८ वटै स्थानीय तहमा माओवादीका दैनिक भएका कार्यक्रममा ७० देखि २ सय जना प्रवेश गरेका छन ।’ खत्रीले भने, ‘त्रियुगा नगरपालिका क्षेत्रमा मात्र मैले एक हप्ताकोबीचमा ५ सय प्रवेश गराई सकेको छु ।’ खत्रीका अनुसार अहिले नेपाली काङग्रेस र नेकपा एमाले प्रभावशाली जिल्ला नेताहरु आउने भएकाले गाईघाटमै एक विशाल जनसभा राख्ने तयारी भईरहेको छ ।
खत्रीले त्रियुगा नगरपालिको साउनेमा एमालेको इलाका सचिव लगायतका कार्यकर्ताहरु प्रवेश गरेका छन् भने रौतामाई गाँउपालिकामा १८ जना एमालेका कार्यकर्ताहरु मात्र प्रवेश गरेको माओवादी केन्द्र उदयपुरका सह संयोजक जीवनकुमार कार्की कुशलले बताए । यसैगरी सुनकोसी र ताप्ली गाँउपालिकामा पनि एमाले काङग्रेस परित्याग गरी प्रवेश गनेको संख्या बढ्दै गएको माओवादी केन्द्रका जिल्ला संयोजक विनोद कटुवाल दिवशले बताए । ‘वडाहरमा भएको वडा सम्मेलनमा प्रवेश गर्ने स्थानीय स्थापित एमाले र काङग्रेसका कार्यकर्ता बढी छन्,’ कटुवालले भने, ‘दैनिक रुपमा भएको वडा सम्मेलनमा ३० देखि ४० जनाको संख्यामा प्रवेश गरेका छन् ।’
नेपाली काङग्रेसर रौतामाई गाँउपालिकका सदस्य कुबेर समाल मगर पनि प्रवेश गरेको बताइएको छ । रौतामाई, सुनकोशी, ताप्ली, उदयपुरगढी गाँउपालिका, कटारी, बेलका र चौदण्डीगढी नगरपालिकामा समेत प्रवेशको जनलहर चल्न थालेको छ ।
यसै गरीमा देशभरीनै माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । गत जेठ ७ गते एकीकृत नेकपा माओवादीसहित १० माओवादी घटक एक भएर नेकपा माओवादी केन्द्र निर्माण भएको थियो । त्यसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा रहेका आधाभन्दा बढी केन्द्रीय सदस्यहरू लिएर रामबहादुर थापा बादल एकतामा आएका थिए । त्यसैगरी मातृका यादव, मणि थापा, जयपुरी घर्तीलगायतका नेताहरू आफ्नो टिमसहित एकीकृत पार्टीमा आएका हुन । त्यस यता डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट गत शुक्रबार केन्द्रीय सदस्य तोकबहादुर खत्री ‘जीवन’ लगायतका केही नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा फर्किएका छन् । उनी नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य र युवा संगठनका केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा थिए ।
त्यसैगरी चैत ११ गते मात्र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं भेरी–कर्णाली क्षेत्रका इन्चार्ज आदर्श माओवादी केन्द्रमा फर्किए । उनीसँगै भेरी–कर्णालीमा रहेका जुम्ला, कालिकोट, हुम्लालगायतका जिल्लाका नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता पनि माओवादी केन्द्रमा आए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका थापेर भित्रिएका आदर्शले माओवादीका मुद्दा ओझेल नपरून् भनेर आफू पुरानै पार्टीमा फर्किएको बताए । कालिकोट फर्किसकेका उनले टेलिफोनमा भने ‘मोहन वैद्य ‘किरणले जे जति गर्नुहुन्छ भनेर हामी उहाँको पछि लागेका थियौं, उहाँले त्यस्तो केही गर्न सक्नुभएन ।’ अहिले देश पुनर्संरचनाको संघारमा उभिएको हुनाले सबै माओवादी एक ठाउँ आएर देश विकासमा जोड दिनुपर्ने आदर्शको तर्क छ ।
उनी भन्छन, ‘रणनीतिक कुरा आआफ्नो ठाउँमा छ, तर कार्यनीतिमा मिलेर जान सक्नुपछ ।’ माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडाका मुख्य सचिव प्रह्लाद बुढाथोकीका अनुसार माओवादीहरू केन्द्रिकृत र धुव्रीकृत हुने क्रम सुरु मात्र भएको छ । स्थानीय तहको निर्वाचन तोकिएको मिति जति नजिक आउँछ, उति नै माओवादीमा पार्टी प्रवेशको लहर तीव्र बन्दै जाने उनको दावी छ । बुढाथोकी भन्छन, ‘राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिका र अध्यक्ष प्रचण्डको भूमिका हेरेर नै पार्टीबाहिर गएकाहरू पार्टीमा फर्किने क्रम तीव्र बनेको छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकार प्रमुख हुनु, उनकै महत्त्वपूर्ण भूमिकामा संविधान निर्माण हुनु, कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नु र १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनु पनि माओवादी पार्टी ध्रुव्रीकरणको एउटा पक्ष भएको बुढाथोकीको तर्क छ ।
अहिले माओवादीका प्रभावशाली नेता देव गुरुङको नेतृत्वमा निर्वाचन परिचालन समिति र अर्का नेता अमिक शेरचनको संयोजकत्वमा अन्य पार्टी र पक्षसँग वार्ता समिति गठन गरिएको माओवादी नेतासमेत रहेका बुढाथोकी बताउँछन् । अरू पार्टीमा रहेकाहरूलाई आफ्नो पार्टीमा ल्याउनको लागि र छरिएर रहेका क्रन्तिकारी शक्तिलाई गोलबन्द गर्नका लागि नै वार्ता समिति नै बनाएर अगाडि बढेको उनको भनाइ छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया