उदयपुर, चैत्र ११
उदयपुरमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको जनलहर बढ्दै गएको छ । सरकारले घोषणा गरेको आगाी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नजिकिरहेको बेला माओवादी केन्द्र उदयपुरमा प्रवेश गनेको भीड बढेको हो ।
माओवादी केन्द्र उदयपुरले जिल्ला व्यापी रुपमा सञ्चालन गरेको संगठन सुदृढीकरण तथा चुनाव प्रचार प्रसार कार्यक्रममा नेकपा एमाले, नेपाली काङग्रेस, संघीय समाजवादी फोरम लगायतबाट पार्टी परित्याग गरी प्रवेश गर्नेको लहर चलेको जिल्ला सह संयोजक जिवनकुमार कार्की कुशलले बताए । ‘पार्टीले जिल्ला व्यापी रुपमा ८ वटै स्थानीय तहमा विशेष गरेर एमाले काङग्रेस परीत्याग गरी प्रवेश गर्नेको जन लहर चलेको छ ।’ माओवादी केन्द्र उदयपुरका प्रचार प्रसार विभाग प्रमुख समेत रहेका सह संयोजक कार्कीले भने, ‘स्थानीय तहको चुनाव माओवादीकै एजेण्डा भएकाले देश व्यापी रुपमा माओवादीलाई बिजय गराउन प्रवेशको भीड बढेको हो ।’
विहिबार भएको रौतामाई गाँउपालिको ७ नम्वर वडाको सम्मेलनमा एक दर्जन कांग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्कीका अनुसार लिलकुमार समाल र गौरबहादुर थापा नेकपा एमाले परी त्याग गरी प्रवेश गरेका छन भने काङग्रेसबाट मुख्य रुपमा गाँउका स्थापित नेताहरुमा टेकबहादुर तामाङ, सहलमान तामाङ, रियु रिखाम, नारद खड्का लगायत रहेका छन् ।
यसैगरी काङग्रेस एमालेबाटै जैकुमार तामाङ, भक्तमाय आले, दिलमाय रिखाम, दुर्गामाय आले, लगायत २५ जना गाँउका स्थापित नेता माओवादी केन्द्रमा प्रवेश गरेको सह संयोजक कार्कीले बताए । माओवादी केन्द्र उदयपुरका अनुसार ४ वटा गाँउपालिका र ८ वटा गरपालिकामा एक साथ निर्वाचन केन्द्रित कार्याक्रममा माओवादीमा प्रवेश गर्नेहरुको भीड् बढ्दै गएको नेकपा माओवादी केन्द्रका संयोजक विनोद कटुवाल दिशवले बताए । कटुवालका अनुसार चौदण्डी नगरपालिका, बेलका नगरपालिका, कटारी नगरपालिका, ताप्ली गाँउपालिका, सुनकोशी गाँउपालिका, उदयपुरगढी गाँउपालिकामा प्रवेको जनलहर चलेको छ ।
‘माओवादी केन्द्र अहिले चुनावी मैदानमा जुटिसकेको छ,’ कटुवालले गाउखर डटकमको कुराकानीमा भने, ‘प्रत्येक गापा र नपाको भेला सम्मेलन सकेर उम्मेदवारीको टुङगो लगाउने छौ ।’
नगरपालिका लगायतका गाँउपालिकाका अहिले माओवादी केन्द्र युद्ध स्तरमा चुनावी मैदानमा उत्रिएको छ । मुख्य गरी माओवादी केन्द्रकै एजेण्डामा संविधान घोषणा भई भएको परिवर्तन अहिले स्थानीय तह सँस्थागत गर्न माओवादी केन्द्रनै आवश्यकताको औल्याउँदै शिक्षक, विद्यार्थी, युवा, किसान, मजदुर लगायतको साथ पाईरहेको माओवादी केन्द्रका नेताहरुको दावी छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: