जैबि राई/कतार

कृपया यो पेज Like गर्नु होला

 

नेकपा माओवादी पार्टीले २०५२ साल फाल्गुन २ गतेबाट ससस्त्र बिद्रोहको तयारी देश द्वन्द्वमा फसाउनु थिएन, देशलाई टुक्राउनु थिएन । बरु नेपाललाई वर्गसंघर्ष मार्फत समग्रमा बर्गियमुक्तिको आह्वान थियोे । राइफल द्वारा क्रातिको ध्वनि गुन्जाउनु थियो ।

जति जति राइफल पड्किदै गयो उति उति क्रान्तिले नयाँ सफलता र उचाई लिदै गयो । अन्ततःसफलताको बाटोमा अगाडि बढ्यो ससस्त्र युद्धको तयारी गर्नु पुर्ब नेकपा माओवादी पार्टीका अध्यक्ष कमरेड प्रचण्ड साथै पार्टीका सिर्षस्थ नेताहरुले नेपालमा भौगोलिक बनावटको गहिरो अध्ययन र जनताको मनोबिज्ञान परिक्षण बैज्ञानिक ढंगले गरेका थिए । 

तत्कालीन अबस्थामा राज्य विरुद्ध शान्तिपुर्ण तबरले आन्दोलन गर्नु अत्यन्तै कठिन त छदै थिए । दलसिङ ढुङ्गा चपाउनु सो सरह थियो । त्यसैले हात्तीलाई कमिला बनेर चिल्ने योजना अनुसार ससस्त्र युद्धको रणनीतिक योजना बन्यो र राज्य विरुद्ध युद्ध छेडिएको थियोे । ससस्त्र युद्धमा होमिनु भन्दा अगाडीको नेपाली जनताको राजनीतिक चेतना मनोबिज्ञान बुझेका कमरेड प्रचण्डले बैज्ञानिक रूपमा प्रयोग र अनेकौं प्रयास मार्फत नेपाली जनताको मन जित्नु नै आजको सफलता हो ।

जस्ले युद्धमा थुप्रै आफ्ना सिष्य चेला सहयात्री सहयोद्वा गुमाउनुको पीडा जिवितै छन । यसरी अत्यन्तै पिडादायी रूपमा आफ्नो भन्ने गुमाए पनि पीडा आफू भित्र राखेर युद्ध लाई अगाडि लैजानु बाध्यता थियो ।

कतिपनी बिचलित भएनन, यदि युद्धको बिचैमा कमरेड प्रचण्ड बिचलित भएको थिए भने अहिले हामिले देखि रहेको नेपाल के यस्तै हुन्थ्यो ? पक्कै हुदैनथ्यो । प्रचण्डले कहिले थकानको सुस्केरा हालेनन बरु रणनीतिक योजनाहरु बनाउदै निरन्तर अघि बढिरहेका छन । नेपाली जनताको बर्गियमुक्तिको लागि अथक मेहेनत गरि रहेका छन, फल स्वरुप हामिले गणतन्त्र, धर्मनिरपेक्ष राज्य, संविधान सभा, सघियता, नया संविधान २०७३ यसका मुख्य उपलब्धि हरुको रूपमा पाएका छौं ।

अब नेपाल नयाँ युगमा प्रवेश गरि सकेको छ । नयाँ संविधान कार्यन्वयन गर्ने पक्षमा जनताको घरदैलोमा उभि सकेको छ । सघिय संरचना अनुसार स्थानीय तहको निर्वाचन गरि संविधान लाई दिगो कार्यन्वयनको प्रगतिमा देश अगाडि बढेको सबै नेपाली जनताले महसुस गरि रहेका छन । देशका जनताले अब साच्चिकै राज्य हाम्रो पनि हो भन्ने अनुभुती गर्ने छन । केन्द्रीकृत राज्य सत्तालाई अब बिकेन्द्रीकरण गर्दै नेपाल भित्र बसोबास गर्ने आम नागरिक हरुले सघियताको अनुभुती गर्दै सेवा सुबिधा भोग गर्न पाउने छन ।

७४४ गाउँ पालिका नेपाली जनताको घर दैलोमा पुगिसकेको छ । जिल्लालाई समन्वय समितिमा रुपान्तरण गरि सकेका छन । अब त्यही गाउँ पालिका मार्फत जिल्लामा हुने सबैखाले सरकारी कामकाज हुने निश्चित भएको छ । यी सबै ताजा मुद्वा नेकपा माओवादी पार्टीको जनयुद्ध उठान सगै एजेन्डा मार्फत आएका हुन ।

त्यसैले सघियताले देश बिखण्डन गर्ने टुक्र्याउने होईन जनतालाई अधिकार सम्पन्न गराउनु हो ।

परिवर्तन एकैपटक एकैसाथ हुने हैन, अब नेपाली जनताले परिबर्तनको अनुभुती बिस्तारै गर्दै जाने छन, त्यो दिन धेरै टाढा छैन । अब गाउँपालिका कार्यन्वयन तहमा पुगे पछि त्यसले सिर्जना गर्ने रोजगार कर्मचारी तहमा ७४४ जना अधिकृत त्यस्तै दैनिक कामकाजको लागि आबस्यक पर्ने जनशक्ति प्रहरी प्रसासन लगायतका रोजगार सृजना गर्ने छन । भने जनताको लगानी कृषिमा औद्योगिक क्षेत्रमा सुरक्षीत हुने बाताबरण मिल्ने निश्चित भएको छ ।

माओवादीलाई गलत बुझ्नेहरुले तब बुझ्नेछन अब माओवादीको एजेन्डा कार्यन्वयनमा लगे पछि सबैखाले सेवा सुबिधा लिन पाउने छन ।

त्यसैले संघीयता देशको आवस्यक्ता र माओवादी आन्दोलनको ऐतिहासिक उपलब्धिहरु हो । त्यसैले सबै पक्ष उपलब्धिको रक्षा गर्न लाग्नु आजको आबस्यक्ता र कर्तव्य हो ।

तपाईको प्रतिक्रिया