समाचार/लेखलाई सेयर गर्नुहोस् ।

बाराहा । लिम्चुङबुङ गाउँपालिका ३ बाराहा पिप्लेका केशव कुमार खत्रीले आफ्नो फेसबुक वालमा मंगलबार एउटा स्टाटस हाले ।
स्टाटसमा लेखिएको थियो ‘गाउँघरको स्वछ वातावरणमा उत्पादित लोकल कुखुरा प्रति केजी रु ५५०। बोइलर प्रति केजी रु ३००। आवश्यक परेमा सम्पर्क गर्नुहोला ।’

कृपया यो पेज Like गर्नु होला

खत्रीले आफ्नो मोवाईल नम्बर सहित होम डेलिभरी पनि गरिन्छ भनेर लेखेका छन । कुखुरा पालक कृषक खत्रीको स्टाटसमा धेरैले खत्रीको कामको तारिफ गर्दै बधाई दिएका छन ।

सोही स्टाटसलाई लिम्चुङबुङ गाउँपालिकाका कार्यपालिका सदस्य गुरुमणी कुमाईले पनि सेयर गर्दै लिम्चुङबुङ अध्यक्ष कृषी परियोजनाको प्रभाव, चाहिने जतिले सम्पर्क राख्नुहोला भनेर लेखेका छन । खत्रीले पालन गरेको कुखुरामा गाउँपालिकाको लगानीमा रहेको प्रष्ट हुन्छ ।

लिम्चुङबुङ गाँउपालिकाको अनुदानमा खत्रीले सुपर एकीकृत कृषी तथा पशुपक्षि फर्म वाराहा ३ बाट कुखुरा पालन व्यवासाय सुरु गरेका हुन ।

युवा लक्षित ५० प्रतिसत कृषी अनुदान पाएपछि लिम्चुङबुङ गाँउपालिकाका युवाहरु खुसी भएका छन । पालिकाले युवाहरुलाई सम्झेर युवालक्षित कार्याक्रम राखेकोमा स्थानीय सरकार र त्यसको नेतृत्व जनप्रतिधीलाई हार्दिक धन्यवाद दिन चाहान्छु, कृषक केशव खत्रीले बताए ।

‘हामीलाई विश्वास गरेर पालिकाले अनुदान उपलब्ध गरायो हामीले पनि अनुदानको सदुपयोग गरेर काम गरेर देखायौ ।’ कृषक खत्रीले भने ‘मेरो कुरा नै गर्ने हो भने अहिले बोईलर र लोकल कुखुराहरु अन्यत्र सप्लाई गर्ने स्थितीमा छु ।’
५० हजार पालिकाको अनुदान र ५० व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले अहिले राम्रो प्रतिफल दिन सुरु गरेको खत्रीको भनाई छ ।

लिम्चुङबुङ गाउँपालिकाको आर्थिक बर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार बैदेशिक रोजगारीबाट फर्किका युवाहरुलाई उपलब्ध गराएको ५० प्रतिसत अनुदानले खत्रीले फर्म दर्ता गरेर कुखुरा पालन व्यवसाय संचालन गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

पालिकाले दिएको ५० हजार रकममा ५० हजार थप गरेर खत्रीले व्यवसाय सुरु गरेका गाँउपालिकाका अध्यक्ष मेजर राईले बताए ।

‘लिम्चुङबुङमा अध्यक्ष कृषी परियोजना लागु गरेपछि कृषकहरुको जीवन स्तर सुधार भएको छ’ ‘बैदेशिक रोजगारीबाट गाउँमै केही गर्छु भनेर फर्केका युवाहरु लक्षित कार्यक्रम अलि प्रभावकारी बनेको छ ।’ गाउँपालिकाका अध्यक्ष राईले भने ‘पालिकाको युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार गतबर्षको गाउँसभाबाट पास भएको लिम्चुङबुङ अध्यक्ष कृषी परियोजनाले स्वय व्यक्तिलाई त फाईदा पुगेकै छ समग्र पालिकाको उत्पादकत्व समेत बढेको छ ।’
कृषी अर्थात तरकारी र मासु जन्य उत्पादनमा गाउँपालिका आत्मनिर्भर बनिसकेको अध्यक्षको भनाई छ ।

गत आर्थिक बर्षमा अध्यक्ष कृषी परियोजना अन्तरगत स्वदेश तथा बैदेशीक रोजगारबाट फर्केका युवाहरुलाई मागमा आधारीत कृषी युवा लक्षित कार्यक्रमबाट ५० प्रतिसत अनुदानमा ७५ बटा फर्मले कार्यक्रम संचालन गरिरहेको छ । भने एकल/विपन्न/सिमान्तकृत वर्गहरुलाई मागमा आधारीत व्यवसायिक खेती गर्नका लागि ७० प्रतिसत अनुदान उपलब्ध गराएको थियो ।

 

 

तपाईको प्रतिक्रिया