समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । प्रदेश १ को खेलकुद विकास बोर्डले उदयपुर जिल्ला खेलकुद समितिको अध्यक्षमा सागर नेपाललाई मनोनयन गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्स्म्सोहाङको नेतृत्वमा बसेको प्रदेशको खेलकुद विकास बोर्डले त्रियुगा नगरपालिका ११ का सामाजिक अभियन्ता सागर नेपाललाई अध्यक्ष र बेलका नगरपालिका ३ की मनकुमारी राईलाई उपाध्यक्षमा मनोनयन गरेको हो ।

प्रदेश सांसद विमल कार्कीको स्वकीय सचिवको रुपमा ४ बर्ष देखी कार्यरत नेपाल जिल्ला खेलकुदको नेतृत्व हत्याउन सफल भएका छन ।

लागू औषध दुव्र्यसन विरुद्धको अभियान्ता समेत रहेका नेपाल गैरसरकारी संस्था महासंघ उदयपुरको जिल्ला सदस्य र भर्खरै मात्र उनलाई नेकपा एमाले त्रियुगा नगरकमिटीको उप सचिवको जिम्मेवारी प्रदान गरिएको थियो ।

लामो समय देखि खेलकुद समितिहरु रिक्त रहेकाले यसलाई महत्वपूणर् उपलब्धि मान्नु पर्ने प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव तथा नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले बताएका छन् ।

तपाईको प्रतिक्रिया