समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

उदयपुर। चौदण्डीगढी नगरपालिकाको बेल्टारमा राष्ट्रिय कलाकार तथा चर्चित आधुनिक गायक उदय सोताङ र मनिला सोताङको एकल साझको आयोजना हुने भएको छ।

उदयपुर मिडिया हबको आयोजनामा उदय मनिलाको एकल साझ यही कात्तिक महिनाको १३ गते हुन लागेको उदयपुर मिडिया हबका संचालक अन्जन किराँतीले जानकारी दिनु भएको छ।

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित चौदण्डिगढी पार्टी प्यालेसमा उक्त कार्यक्रम साझ ६ बजे देखि सुरु हुने आयोजक उदयपुर मिडिया हबका प्रेम जंग किरातीले बताउनु भएको छ।

कार्यक्रममा उदय मनिलाको चर्चित गीतहरु आधा बाटो हिडे पछि, उक्काली चढौला लगायतका गीतहरु प्रस्तुत हुने आयोजकले जनाएको छ।

कार्यक्रमका लागि आयोजकले विशेष तयारी गरिरहेको र हाल प्रचार प्रसारको काम भैरहेको बताईएको छ।

मोफसलमा स्थापन भएको उदयपुर मिडिया हबले स्थानीय कलाकारहरुलाई पर्दामा ल्याउदै विभिन्न म्युजिक भिडियो, सागीतिक प्रस्तुतीहरु दर्शक स्रोता माझ ल्याई सकेको छ।

तपाईको प्रतिक्रिया