समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी
उदयपुर। चौदण्डीगढी नगरपालिकाको वडा नं. १० हडियामा सुबिधा सम्पन्न अनुसन्धान केन्द्र सहितको अस्पातल बन्ने भएको छ। आज नगरपालिकाको वडा नं. १० हडियामा उपप्रमुख रिता कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले हडियामा सुबिधा सम्पन्न अनुसन्धान केन्द्र सहितको अस्पातल निर्माण गर्ने निर्ण्यगरेको हो।
हाललाई १५ बेड क्षमताको सुबिधा सम्पन्न अस्पातल बाट काम सुरु गर्ने लक्ष सहित कार्य सुरु गरिएको उपप्रमुख तथा अस्पातल कार्यसमितीकी संयोजक रिता कुमारी चौधरीले जानकारी दिनु भएको छ।
चौदण्डीगढी नगरपालिकाको वडा नं. ५ शिवाई, ९-१० हडिया र त्रियुगा नगरपालिकाको वडा नं. १ रुपनी-जोगिदहका स्थानिय जनता यातायातको असुबिधाका कारण उपचार गराउन बाहिर जान नसक्ने अवस्था रहेको अवस्था छ। चुरेबाट बग्ने धेरै खोलाले सो ठाउँका जनतालाई पिडा दिने गरेको त छदै छ यस क्षेत्रमा सुबिधा सम्पन्न अस्पातल नहुँदा दैनिक जसो उदयपुर र खोट्टङका सयौका संख्यामा बिरामीहरु बिराटनगर, धरान जान वाध्य रहेको कारण पनि यस क्षेत्रमा सुबिधा सम्पन्न अस्पातलको अबधारणा बनाइएको उपप्रमुख चौधरीले बताउनु भएको छ।
झन्डै १ करोड रुपैया खर्च गरेर अस्पातल निर्माण गर्न लागिएको समेत चौधरीले बताएकी छिन। अस्पातल निर्माण गर्न ११ जनाको एक कार्यसमिती समेत गठन गरिएको छ। समितीको संयोजकमा नगर उपप्रमुख समेत रहेकी रिता कुमारी चौधरी, उपसंयोजकमा शुशिल कुमार खत्री, कोषाध्यक्षमा चन्द्रलाल गिरी, सचिवमा चौदण्डीगढी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष समेत रहेका रामकुमार खड्का, सहसचिवमा डा. सरोज लेखी, सदस्यहरुमा क्रमस बिनोद बुढाथोकी, देवीनारायाण चौधरी, अन्जय कुमार लेखी, वबिता कुमारी लेखी, प्रेम कुमार राइ र ओम प्रकाश चौधरी रहेका छन।
अस्पातलको प्रवन्ध पत्र तथा नियामवली सहित दर्ताका सबै कार्यको जिम्मेवारी अधिबक्ता समेत रहेका राजकुमार तिमलसिनालाई दिएको छ भने अस्पातलको नाम श्री भिमशेन सामुदायिक अस्पातल तथा अनुसन्धान केन्द्र रहने बताइएको छ। हडिया जस्तो अती बिकट क्षेत्रमा यसरी सुबिधा सम्पन्न अस्पातल बन्ने भए पछी स्थानियमा भने खुशी छाएको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया