समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

बेल्टार। चौदण्डिगढि नगरपालिका वडा नं ६ सिर्वानी स्थायि ठेगाना भइ लामो समयदेखि भक्तपुर लोकन्थलीमा बसोवास गर्दै स्वास्थ्य लाभ गरिरहेका शिक्षाप्रेमि तथा समाजसेवि वम वहादुर वस्नेतको स्वास्थ्य अवस्था गम्भिर भइ धापाखेल स्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।
बस्नेत लगायत शिक्षा प्रेमि अगुवा हरुको सकृयतामा उदयपुरमा अंग्रेजी माध्यमको स्कुलको आवश्यकता महशुस गर्दै उदयपुरको शिक्षा क्षेत्रमा सम्मानित र अग्रणि प्राध्यापक तथा कुशल प्रशासक कुमार सिंह कार्की,तत्कालिन बेल्टार बजारका समाजसेवि काशिनाथ सेढाइ,राजेन्द्र बस्नेत र बम बहादुर बस्नेत तथा अन्य शिक्षा प्रेमिहरुको सहयोगमा दार्जिलिङ देखि शिक्षक झिकाएर उदयपुरको प्रमुख व्यापारिक केन्द्र मध्येको एक बेल्टारमा २०४२ सालमा सगरमाथा बोर्डिङ स्कुलको स्थापना गर्न बिशेष योगदान पुर्याउनु भएको थियो जुन स्कुल ऐले उदयपुर जिल्लाकै उत्कृष्ट परिणाम ल्याउने उच्च माध्यमिक बिद्यालय को रुपमा चर्चित छ।
त्यसैगरि आफु बसोबास गर्ने तत्कालीन बेल्टार गा.बि.स.वडा नं ३ सिर्वानीमा स्थानिय बालबालिका हरु लाइ शिक्षा दिलाउन सहज होस भनेर आफ्नै गाउमा स्थानिय अगुवा राजनितिज्ञ समाजसेवि लगायतको संयुक्त पहलमा कालिका प्राथमिक बिद्यालयको स्थापना २०४५ सालमा गरि शुरुवाती चरणमा सञ्चालक समितिको अध्यक्षको रुपमा सफल ब्यबस्थापन निर्बाह गर्नु भयो lजुन बिद्यालय सरकारि बिद्यालयको बिच उत्कृष्ट परिणाम दिदै माध्यमिक तह हुदै ऐेले कानुन संकायको अध्यापन गराउने समेत भएको छ।
सुगर,प्रेसर,किडनी लगायतको रोगबाट पिडित बस्नेत लामो समय देखि आफ्नो गाउ फर्किन सकेका छैनन।
बस्नेतका एक मात्र छोरा लामो समयदेखी जापानमा कर्म गर्दै आएका छन।एनआरएन जापानका निवर्तमान सल्लाहकार समेत रहेका बस्नेतका सुपुत्र नरेन्द्र बस्नेत(दिनेश)बुवाको गम्भिर स्वास्थ्य अवस्थाको कारण नेपाल फर्किएका छन।बस्नेत कै पहलमा २०७२ को भुकम्पले विभत्स भएको भवन मध्ये तत्कालिन कालिका माध्यमिक बिद्यालयको ३ कोठे भवन एनआरएन जापान कान्साई क्षेत्रीय समितिको सहयोगमा निर्माण गरिएको थियो।

 

तपाईको प्रतिक्रिया