समाचार/लेखलाई सेयर गर्नुहोस् ।

बेल्टार । बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-६ घर भएका ३० वर्षीय मुकेश बिक छन् ।

असोज १४ मा मुकेशले द्वारखोला जंगलमा ५९ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेद प्रसाद गौतमले बताए ।

आरोपीमाथी ईलाका प्रहरी कार्यालय बेल्टारले बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया