समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
बेल्टार। देशले इतिहासमैं पहिलो पटक जनता द्वारा चुनिएका जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने नेपाली जनताको ६५ बर्ष लामो आकांक्षा पुरा भएको थियो। हजारौं नेपालीहरुको वलिदानी, त्याग र तपस्याले ल्याइएको यस नेपालको संविधान २०७२ वास्तवमै फलदायी रहेको भन्दै आजको दिनलाई देश भर संविधान दिवसको रुपमा मनाउने गरिएको छ। असोज ३ अर्थात् आजकै दिन २०७२ सालमा घोषणा गरिएको यो संविधानले २०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी गरेको थियो, सोही दिनको सम्झनामा आज चौदण्डीगढी नगरपालिकाको बेल्टारमा पनि दिप प्रज्वलन गरेर संविधान दिवस मनाइएको छ।


बेल्टार बजारको बिपी चोक तथा पुष्पलाल चोकमा नगर प्रमुख खगेन्द्र राइ सहित नेपाली कांग्रेसका नेताहरु भोजराज खतिवडा, राजेन्द्र पौडेल, अर्जुन दाहाल, बिभिन्न भातृसंगठनका नेता तथा कार्यकर्ताले दिप प्रज्वलन गरी मनाएका थिए भने नेकपा एमालेकी नेत्री कन्ता राइ, शम्भु पौडेल, राजेन्द्र कट्वाल लगायतको उपस्थितीमा बजारकै पुष्पलाल चोकमा दिप प्रज्वलन सहित संविधान दिवस मनाइएको हो।
उता आजै चौदण्डीगढी नगरपालीकाको वडा नं १० स्थित हडियामा समेत संविधान दिवस मनाइएको तरानाथ पौडेलले जानकरी दिनु भएको छ।

 

तपाईको प्रतिक्रिया