समाचार/लेखलाई सेयर गर्नुहोस् ।


अन्जनी कुमार अधिकारी
हडिया। चौदण्डीगढी नगरपालिकाको वडा नं. ९ डुङ्हा स्थित माथिल्लो डुङ्हा सिंचाई जल उपभोक्ता संस्थाको सार्वजनिक सुन्वाइ कार्यक्रम आज सम्पन्न भएको छ।
माथिल्लो डुङ्हा सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष राम बहादुर पौडेलको सभापतित्वमा सम्पन्न भएको सार्वजनिक सुन्वाइ कार्यक्रममा सिंचाई डिभिजन कार्यालय गाइघाटका इन्जिनियर, चौदण्डीगढी नगरपालिकाको वडा नं. ९ का वडा सदस्य तेजबहादुर थापा, उपभोक्ता समितीका सदस्य तथा स्थानियहरुको उपस्थिती रहेको थियो।
माथिल्लो डुङ्हा सिंचाई आयोजनाका लागी डिभिजन सिंचाई कार्यालय गाइघाटले पहिला २० लाख र दोश्रो पटक ७० लाख गरी कुल ९० लाख रुपैया बिनियोजन गरेको थियो। पहिलो किस्ता बमोजिमको २० लाख रकम मध्य बाट माथिल्लो डुङ्हा सिंचाई जल उपभोक्ता संस्थाले ६ मिटर VRV, नहरको लाइनिङ ५४५.५ मिटरको काम भएको थियो भने दोश्रो किस्ताको ७० लाख रकम मध्य बाट मुलनहर, शाखा १,२,३,४ र ५ सव शाखा १,२ समेत गरेर कुल ८८३ मिटर लाइनिङ, १ वटा इन्टेक, एककोटा VRV समेत निर्माण गरिएको डिभिजन सिंचाई कार्यालय गाइघाटले जनाएको छ।

कृपया यो पेज Like गर्नु होला


साबिक हडिया गाबिसको वडा नं. ५ हालको चौदण्डीगढी नगरपालिका वडा नं. ९ डुङ्हा स्थित अन्दाजी २०० हेक्टर खेतीयोग्य जमिनले यस पारीयोजना बाट लाभ लिन सक्ने उपभोक्ता समितिका सचिव चन्द्रलाल गिरीले जानकरी दिएका छन। यस माथिल्लो डुङ्हा सिंचाई जल उपभोक्ता संस्थाले हडिया खोला र डुङ्हा खोलाको मुहान बाट छुट्टाछुट्टै दुई वटा कुलोको मुहान निर्माण गरेको समेत जनाइएको छ। माथिल्लो डुङ्हा सिंचाईको मुहानलाई खोलाको बाढी बाट सुरक्षित राख्न नदीमा ३१० वटा जाली भरेर बाँध समेत लगाइएको उपभोक्ता समितीले जानकारी दिएका छन। उक्त जालिले कुलोको मुहान मात्र नभएर बस्ती समेत सुरक्षित राख्ने स्थानिय अशोक राइले जानकरी दिनु भएको छ।
दुई वटा छुट्टाछुट्टै सम्झौता गरिएको उक्त आयोजनाको पहिलो सम्झौता २० लाख मध्य १९ लाख २५ हजार २ सय २३ रुपैया खर्च गरिएको र ९६ हजार ५ सय २९ रुपैया बराबरको श्रमदान गरिएको हो भने दोश्रो सम्झौता अन्तर्गतको ७० लाख मध्य ६७ लाख ३४ हजार १ सय ८३ रुपैया खर्च गरिएको र ३ लाख ३९ हजार ६ सय १७ रुपैया बराबरको श्रमदान गरिएको जनाइएको छ।
समयमै काम सम्पन्न भएको माथिल्लो डुङ्हा सिंचाई आयोजनाको सार्वजनिक सुन्वाइ भने कोभिडका कारण ढिला गरिएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिएका छन।

 

तपाईको प्रतिक्रिया