समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

बेल्टार। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन सुरु भएसंगै बिभिन्न पदमा उमेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ।
भाद्र १८ गते देखी सुरु भएको महाधिवेशन अन्तरगर्त उदयपुरमा भाद्र १८ गते आठ ओटै पालिकाका ७५ ओटै वडाहरुको अधिवेशन सम्पन्न भएका थिए।
वडा तहको अधिवेसन सम्पन्न भए लगतै गाँउपालिका र नगरपालिका तहको अधिवेशनमा काङ्रेस कार्यकर्ता होमिएका छन् ।
भाद्र २७ गते हुने पालिका तहको अधिवेशनलाई लक्षित गरि आफ्नो उमेदवारी घोषणा गर्ने क्रम उदयपुर जिल्लामा चलिरहेको छ । यसै सन्दर्भमा चौदण्डीगढी नगरपालिकाको नगर सभापतीमा चौदण्डीगढी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष समेत रहेका रामकुमार खड्काले आफ्नो उमेद्वारी घोषणा आज बेल्टार स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना मार्फत गर्नुभएको छ।
आज खड्का पक्षले बेल्टार स्थित नेपाली काग्रेस पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नगरसमितीका विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेको छ। नेपाली काग्रेसका जिल्ला सभापति बिदुर बस्नेतको उपस्थितमा सम्पन्न उम्मेद्वारी घोषणा कार्यक्रममा नगर उपसभापतिमा अन्जनी कुमार अधिकारी र गोमा सेढाइ (सर्मिला) नगर सचिवमा केदार कुमार केसी र शुसिल राईले उम्म्द्वारी घोषणा गरेका छन, भने नगर सहसचिवमा बुद्धसुप्तिहाङ राई र गौतम राईले उमेद्वारी दिएका छन। उनिहरुले लोकतान्त्रिक पक्रियामा भाग लिदै उमेद्वारी दिएको जनाएका छन।
नगर सभापतीको उमेद्वार घोषणा गरेका खड्काको प्यानलमा नगर उपसभापतीको उमेद्वारी घोषणा गरेका अन्जनी कुमार अधिकारी भने सकृय पत्रकार समेत हुन।
युवा नेतृत्व देशभर अग्रसर भएको सन्दर्भमा नेपाली कांग्रेसको संगठनलाई मजबुत बनाउन क्रियासील सदस्यहरुसंगको परमर्श पछि नगर समितिको टिम खडा गरिएको हो।
उदयपुर जिल्लाका चार नगरपालिका र चार गाउपालिकामा उम्मेद्वारी घोषणा गर्ने कार्य सम्पन्न भएको जिल्ला पार्टी कार्यालयले जानकारी दिएको छ। उदयपुर जिल्लाका सबै पालिकामा छुट्टा छुट्टै प्यानल बनाएर उम्मेद्वारी घोषणा गरिएको छ।
नेपाली कांग्रेसको बिधान अनुसार नगरमा १ जना सभापति २ जना उप सभापति, २ जना सचिव र २ जना सहसचिव रहने ब्यबस्था रहेको छ।

 

तपाईको प्रतिक्रिया