समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
बेल्टार। बर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको दल सम्बन्धि विधेयक खारिजको माग गर्दै आज नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले बेल्टार बजारमा उक्त कदमको बिरोध गरेको छ।
नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव शम्भु पौडेल, अनेम संघ केन्द्रिय सदस्य कान्ता राई र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य दिनेश खड्काको उपस्थितिमा राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघको संयुक्त आयोजना तथा स्थानीय नेकपा एमालेका नेता कार्यकर्ता सहितको उपस्थितिमा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा दल सम्बन्धि अध्यादेशको बिरोध जनाएको हो।
गत मंगलवार मन्त्रिपरिषबाट सिफारिस भएको राजनीतिक दल सम्बन्धि अध्यादेश राष्ट्रपति बिध्या देवी भण्डारीले बुधबार प्रमाणिकरण गरी जारी गरेकी थिईन।
राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ हिजोनै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले नयाँ दल दर्ता गरेको छ।
राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत भए मात्रै दल विभाजन गर्न सकिने व्यवस्था थियो। यो व्यवस्थालाई खुकुलो पार्ने गरी र मन्त्रिपरिषद्ले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले दल विभाजन गर्ने व्यवस्था अध्यादेश मार्फत जारी गरेको थियो जसको बिरोधमा देश भर एमालेले बिरोधका कार्यक्रम गरिरहेको छ।
नेकपा एमालेले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले माधव नेपाल समुहलाई एमालेबाट फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको भन्दै देश भर यसको बिरोध गर्दै आएको छ जसअनुसार आज बिहिवार नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले बेल्टार बजारमा बिरोधलो कार्यक्रम गरेको हो।
कार्यक्रमलाई नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य निरज घिसिङ, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सहसंयोजक महेश राई र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य दिनेश खड्काले बिरोध सभालाई सम्बोधन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले राजनीतिक दल सम्बन्धि अध्यादेश सबैको लागि घातक हुने भन्दै तुरुन्तै उक्त निर्णय सच्याउन सरकार संग माग गरेका थिए।
बिरोध सभा सुरु हुनुभन्दा पहिला प्रदर्शनकारीले नारा जुलुस सहित बेल्टार बजारको परिक्रमा गरेका थिए। बिरोध सभाको कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटी अध्यक्ष अनुपराज खत्री संचालन गरेका थिए।

 

तपाईको प्रतिक्रिया