समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
बेल्टार। चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टार बजारमा ईलाका प्रहरी कार्यालय बेल्टारले मास्क खोइ अभियानलाई तिब्र बनाएको छ।
कोरोना संक्रमणको जोखिम अहिले पनि अत्याधिक रहेको भन्दै स्वास्थ्यको मापदण्ड पालना गर्दै मास्को प्रयोग गर्न आम सर्वसाधारणलाई सचेत सहित मास्क लगाउन प्रहरीले प्रेरित गर्दै अटेर गर्नेहरूलाई जरिवाना गर्ने गरेको छ।
निम्नबर्गका, श्रमगरेर फर्केकाहरुलाई मास्क अनिवार्य लगाउन प्रेरित गर्दै निषुल्क मास्क दिने गरेको ईलाका प्रहरी कार्यालय बेल्टारले मास्क लगाउन सक्ने क्षमताका ब्याक्तीलाई भने मास्क लगाउन अनुरोध सहित जरिवाना गरेको पाइएको छ।
मास्क खोइ अभियानलाई तिब्र पारेको बेल्टार प्रहरीले आज बजारको पुस्पलाल चोकमा आफ्नो अभियानलाई तिब्र बनाएको थियो।
आज प्रहरी सहायक निरीक्षक मनिष चौधरीको कमाण्डमा बेल्टार बजारको पुष्पलाल चोकमा रहेको प्रहरीले बिना मास्क बजार हिड्ने नागरिकलाई मास्क अनिवार्य लगाउन सुझाव दिदै अटेर गर्नेलाई जरिवाना समेत गरेको छ।
उदयपुर जिल्लामा अहिले पनि कोरोना संक्रमण उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले केही परिमार्जित निषेधाज्ञालाई जारी राखेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरले समेत जिल्लामा मास्क खोइ अभियानलाई तिब्रता दिदै आएको छ।

 

तपाईको प्रतिक्रिया