समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
उदयपुर। चौदण्डीगढी नगरपालिकामा आज मंगलबार पहिलो दिन १ हजार ७६ जनाले जोनसन एण्ड जोनसन खोप लगाएका छन। अमेरिकाले बनाएको उक्त कोरोना बिरुद्धको खोप सिङ्गल डोजले काम गर्ने विश्व स्वास्थ्य संगठनले पुष्टि गर्दै उक्त खोपलाई मान्यता दिएको थियो।
विश्व स्वास्थ्य संगठनले मान्यता दिएको उक्त खोप आज उदयपुर जिल्लाका सबै पालिकाहरुमा लगाउने कार्यक्रम रहेको छ, जसअनुसार आज चौदण्डीगढी नगरपालिकाको वडा नं १ चौदण्डीमा ३० पुरुष र २० महिला गरि ५० जना, वडा नं. ६,७ र २ मा गरि ३३७ जना, वडा नं ५ सुन्दरपुरमा ६१ पुरुष र ६५ महिला, वडा नं. ८ मा ३२ पुरुष र २४ महिल, वडा नं. ३ र ४ मा १४३ पुरुष, १३५ महिला र वडा नं. ९ र १० मा पुरुष १०८, महिला १२१ गरि कुल १ हजार ७६ जनाले कोरोना बिरुद्धको खोप लगाएको नगर स्वास्थ्य शाखा उपसंयोजक तेज बहादुर पोखरेलले जानकारी दिनु भएको छ।
आज ५० देखि ५४ बर्ष उमेर समुह र लक्षित बर्ग, यस अघिको खोप कार्यक्रममा खोप लगाउन छुटेका शिक्षक, टेम्पो ड्राइभर, वैदेशिक रोजगारमा जाने ब्याक्तीहरुलाई जोनसन एण्ड जोनसन खोप लगाइएको हो।
आज संचालित खोप कार्यक्रमको नगर प्रमुख खगेन्द्र राई, र उपप्रमुख रिता चौधरी, वडा अध्यक्ष तेजराज तिमल्सिनाले संयुक्तरुपमा नगर अस्पताल बेल्टारमा अनुगमन गर्नु भएको थियो।
यस अघि संचालित भेरोसिल खोप कार्यक्रममा मापदण्ड नपुगेका ब्याक्तीले खोप लगाएको गुनासो आए पछी आज नगरले अनुगमन र खोप कार्यक्रमको ब्यबस्थापनलाई कडा पारेको थियो।
आज नगर प्रमुख खगेन्द्र राईले बेल्टार सहित बसाहाको खोप कार्यक्रमको समेत अनुगमन गर्नु भएको थियो।
आजको खोप कार्यक्रम निकै शान्त, र अनुशासित तरिकाले भएको प्रती खुशी ब्याक्त गर्दै नगर प्रमुख खगेन्द्र राईले शान्तिपूर्ण लाइनमा बसेर बिना होहल्ला खोप लगाउनु हुने सम्पुर्ण नगरबासी प्रती आभार प्रकट गर्नु भएको छ।
खोप कार्यक्रम भोली पनि जारी रहने नगरपालिकाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया