समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
उदयपुर। चौदण्डीगढी नगरपालिका बेल्टारका युवाहरु संगठित भएर आज बेल्टार बजारमा रहेको बिधुत प्राधिकरणको प्रशाखा कार्यालय घेराउ गर्दै विभिन्न माग राखेका छन।
उनीहरुले पाँच बुदे माग राख्दै प्राधिकरणको ध्यानाकर्षण गराएका हुन। उनीहरुले बिधुत प्राधिकरण द्वारा नियमित बिजुली उपभोग गराउनु पर्ने, नगर भित्र पटक पटक बिधुत काटिने प्रवृत्ति बन्द गर्नु पर्ने, कुलमान घिसिङलाई पुन नियुक्त गर्नु पर्ने, उपभोक्ता मार्फत लकडाउन अवधीमा उठाइएको बिधुत महशुल फिर्ता गरिनु पर्ने, नेपाल सरकार द्वारा प्राधिकरणलाई उपलब्ध हुने आर्थिक तथा भौतिक बस्तुहरु सुचना पाटीमा टाँस गरि सार्वजनिक गरिनु पर्ने जस्ता माग राख्दै प्राधिकरणको अफिसमै पुगेर घेराउ सहित आफ्नो माग माग पत्र कार्यालय प्रमुखलाई बुझाएका हुन।
आफ्ना मागको बेवास्ता गरे र एक हप्ता भित्र सम्बोधन नभए आफुहरु कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने माओवादीका स्थानीय नेता कुमार खड्काले जानकारी दिएका छन।
स्थानीय युवाहरु बिदुर राई, संजय राई, सुमन जंग थापा, बलिराज राई, सन्त राई, प्रदेश राई, बिध्या राई, कुमार खड्का, रमेश बि.क. लगायतका युवाहरुले नेतृत्व गर्दै प्राधिकरणमा दबाब स्वरुप घेराउ गरेका हुन। उनीहरुले प्राधिकरणमा कुलमान घिसिङले अवकास पाए पछी फेरि पहिलाकै तुलनामा अघोषित लोडसेडिङ गरिएको भन्दै आक्रोस समेत पोखेका थिए।
निकै आक्रोशित भएर प्राधिकरण पुगेका युवाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रशाखा प्रमुख भगवान देव चौधरीले आफू उक्त शाखामा जिम्मेवारी सम्हाल्न आए देखि धेरै सुधारको कार्य भएको दाबी गर्दै आफुहरुले चौदण्डीगढी नगरपालिकाको सबै क्षेत्र, बेलका नगरपालिकाको ११ हजार प्रसारण लाइन समेत हेर्नू पर्ने र बिधुत लामो डिस्टेनबाट आएको, साथै ठाउँ ठाँउमा जंगलहरु भएकोले गर्दा बेलाबेला समस्या आउने गरेको बताएका थिए।
उनले बेल्टार प्रशाखामा आवस्यक भन्दा न्युन जनशक्ति रहेको भए पनि आफुहरु रातदिन नभनी सेवामा लागिरहेको भन्दै युवाहरुले बुझाएका मागहरू प्रति आफुले सक्ने हरेक कार्यमा सुधार गर्ने प्रतिबद्धता ब्याक्त गर्दै आफुहरु गाइघट शाखाको माताहातमा रहेकोले सबै कुरा गाइघाटले नै हेर्ने, गाइघाटकै निर्देशन अनुसार आफुहरुले कार्य गर्ने समेत जनाएका छन।
बिधुत कार्यालयको घेराउ गर्न पुगेका युवाहरूले लकडाउन अवधीको महशुलमा जरिवाना लिएको प्रति आक्रोश पोखे पछी प्राधिकरणले माथीको निर्देशन अनुसार छिट्टै उक्त जरिवान गरिएको रकम फिर्ता हुने र महशुल नतिरेकाहरुले नियम लागू भए पश्चात् महशुल बुझाए जरिवाना नलाग्ने स्पष्ट पारेका थिए।
बेल्टार प्रशाखामा हाल ९ जना फिल्ड कर्मचारी, १ जना कार्यालय प्रमुख सहित ६ जना अफिसियल कार्यरत रहेका छन।

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: