समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । उदयपुरमा क्याम्पस, विद्यालयका शिक्षक शिक्षिका र कर्मचारीलाई लगाउनु पर्ने खोप संचालक र प्रिन्सिपलका आफ्न्तहरुले मनोमानी ढंगले सिफारिस गरेर खोप लगाएका छन् । क्याम्पस तथा विद्यालयका शिक्षक, कर्मचारीको नाममा गैर शिक्षकहरु पनि कोरोना विरुद्धको खोप लगाएका छन् ।
त्रियुगा नगरपालिका अन्तर्गतका अधिकांश निजी विद्यालयहरुले शिक्षक र कर्मचारी भन्दा बढीलाई सिफारिस गरेको पाइएको छ । त्रियुगा नगरपालिकामा नाम चलेका निजी विद्यालयहरुले गैर शिक्षकहरुलाई खोपको लागि सिफारिस गरेको पत्र देखिन्छ ।
त्रियुगा नगरपालिका ११ संगम टोल माथि रहेका नमूना सेकेण्डरी स्कुलका प्रिन्सिपल खेमचन्द्र यादव (राहुल) ले शिक्षकको नाममा व्यपारीहरुलाई पनि खोप लगाउनको लागि सिफारिस गरेको देखिन्छ । प्रिन्सिपल यादवले शर्मा सप्लायर्स एण्ड टे्रडर्सका संचालक राजकुमार शर्मालाई सहायक लेखापाल भन्दै खोप लगाउन सिफारिस गरेको छ ।
यस्तै होटल व्यवसायी एल्विन बस्नेत, अर्का टिभी, पंखा, फ्रिज, लगायतका इलेक्ट्रिोनिक्स व्यवसायी चन्दन कुमार साहलाई डान्स शिक्षक भन्दै खोप लगाउन सिफारिस गरेको देखिन्छ । यस्तै खेल शिक्षक सुदिप श्रेष्ठ, गैर शिक्षक दिनेश कुमार साह सुडीलाई वार्डेन पदका र सहचालक रोसिला काफ्ले भन्दै ३६ जनालाई सिफारिस गरेको देखिन्छ ।
यस विषयमा नमूना स्कूलका संचालक ओम खड्कासँग सम्पर्क गर्दा राजकुमार शर्मा, एल्बिन बस्नेत, चन्दन कुमार साह, सुदिप श्रेष्ठ, दिनेश कुमार साह सुडी लगायत व्यक्ति शिक्षक नरहेको बताएका छन् । उनले स्कूलले उनीहरुलाई नचिन्ने बताए ।
यस्तै पिसजोन इन्टरनेशनल एकेडेमीले शिक्षक कर्मचारी भन्दै ५७ जनालाई सिफारिस गरेको छ । एकेडेमीका संचालक प्रभात कुमार कणर्ले ५७ जनालाई सिफारिस गरेको छ । यस विषयमा पिसजोन इन्टरनेशनल एकेडेमीका एक संचालकसँग सम्पर्क गर्दा आफ्नो विद्यालयमा शिक्षक, कर्मचारी गरी ३१ जना मात्रै रहेको जनाएको छ ।
यस्तै टोम एण्ड जेरी मन्टेश्वरी पाठशालाले २६ जना शिक्षक शिक्षिकाको नाम सिफारिस गरेको छ । जुन सिफारिस स्कुलका शिक्षक कर्मचारी भन्दा पाँच गुण बढी रहेको एक अभिभावकले जनाएको छ ।
यस्तै क्यानभास एकेडेमी गाईघाटले पनि ५५ बढीलाई शिक्षक, कर्मचारी भन्दै खोपको लागि सिफारिस गरेको नगर स्वास्थ्य शाखाका कर्मचारी कृष्ण खतिवडाले जनाएको छ । यस्तै लाली गुरास बोर्डिङ स्कुलले पनि बढी शिक्षक तथा कर्मचारीको नाम खोप लगाउन सिफारिस गरेको खतिवडाले बताए ।
खोप सिफारिसका लागि शिक्षा कार्यालयका पूर्व कर्मचारीहरुका कर्मचारीहरुका आफ्न्त, छोरा छोरी लगायतलाई पनि सिफारिस गरेको पाइएको छ ।
यत त्रियुगा नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक अवध नारायण चौधरीका अनुसार सरकारी विद्यालयले सिफारिसमा खासै बदमासी नगरेपनि निजी विद्यालयहरुले गरेको हुन सक्ने बताए ।
त्रियुगा उच्च मावि गाईघाट खोप केन्द्रमा शिक्षकका नाममा फरक नामका व्यक्तिहरुले खोप लगाएको मलाई पनि जानकारी आएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताए । उनका अनुसार लक्षित वर्गबाहेकलाई खोप लगाएको प्रमाण फेला परेका कानून बमोजिम हदैसम्मको कारबाही गर्ने बताए । उनका अनुसार आफ्न्त, व्यवसायीलाई निजी तथा सार्वजनिक विद्यालयले सिफारिस गरेका व्यक्ति शिक्षक हुन वा होइनन विद्यालय हाजिरी फारम र तलव भत्ता बुझेको छ छैन लगायतका आधारमा पत्ता लगाई कारबाही गरिने बताए ।

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: