समाचार/लेखलाई सेयर गर्नुहोस् ।

बेल्टार । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा उदयपुरका थारु समूदायले मोर्चाबन्दी सुरुगरेका छन । नेपाली काँग्रेस निकट नेपाल थारु संघ जिल्ला कमिटी उदयपुरले आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि काग्रेसका थारु उम्मेदवारलाई विजयी बनाउने निणर्य गरेको हो ।
पार्टीमा आस्थावान उदयपुरको तिनै पालिकाका थारुहरु उपस्थित भेलामा नेपाली काङ्ग्रेसको बिधान तथा आउदो अधिबेशनमा थारुहरुको सहभागिता कसरी गराउन सकिन्छ भन्ने बारे छलफल गरिएको संघका जिल्ला उपाध्यक्ष राकेश हुजदारले बताए ।
सबै थारु समुदायको पायक पर्ने गरि चौदन्डीगढी नगरपालिका वडा नम्बर -९ को पश्चिम् टोल ज्यामिरेमा आयोजना गरिएको कागे्रसका अगुवा थारुहरुको भेलामा नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य तथा नेपाल थारु संघका सल्लाहकार महेन्द्र प्रसाद चौधरीले सहभागिहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।
नेता सत्यनारायण चौधरीले कार्यक्रममा बोल्दै थारुहरु अहिलेसम्म अरुको लागि भोट बैंकको रूपमा मात्र प्रयोग भएको र पछि तिनीहरु बाटै अपहेलित हुनु परेको भन्दै सबै तह र तप्काका समाबेशी (आरक्षण) कोटाको मात्रै आस नगरेर खुल्ला प्रतिस्पर्धाको पदहरुमा पनि उम्मेद्बारी दिन तयार हुनु पर्ने बताए ।
कार्यक्रममा पुर्व सभासद शान्ति देबि चौधरी, त्रियुगा नगर उप प्रमुख देवी कुमारी चौधरी, समुन्द्री चौधरी, सत्यनारायण चौधरी, सुमन कुमार चौधरी, गौरी नारायण चौधरी, लक्ष्मी कुमारी चौधरी, देव नारायण चौधरी, भवन चौधरी लगायतले आफ्ना धारणा राखेका थिए । नेपाल थारु संघको आगामी कार्यदिशा तथा महाधिवेशन लक्षित रणनीति बारे छलफल गर्दै संघका जिल्ला अध्यक्ष डाक्टर भोगेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: