समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । उदयपुर घर भई जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ २०७८ असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

कृपया यो पेज Like गर्नु होला

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको बताइएकाे छ ।

साथै  प्रहरी निरीक्षक किशोर तामाङले कर्तव्य ज्यान जस्तो जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई तत्काल घटनास्थलमा खटिएर अनुसन्धान पश्चात पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने कार्य गरेकाे पनि बताइएकाे छ ।

प्रहरी निरीक्षक किशोर तामाङले नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७८ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको जानकारी दिइएकाे छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको  १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: