समाचार/लेखलाई सेयर गर्नुहोस् ।

राजकुमार थापा ‘त्रियुगे’

कृपया यो पेज Like गर्नु होला

जनतालाइ रेल र पानी जहाज दिएर गए,
बढे भाइ र छोटे भाइको नाटक मन्चन गरेर गए,
यती र ओम्नीलाई श्रीखण्डको लेप लगाइ दिएर गए,
जादा जाँदै आफनै मलामी बनेर गए ।

वामपन्थी सरकार सकाएर गए,
जनतालाइ कोभिडको औषधी बेसार दिएर गए,
घरघरमा ग्यासको पाइप बिच्छ्याएर गए,
दुई दुई पटक संसद विघटन गरेर गए, ।

हि हि..महारानी बनाएर गए,
उदघाटन र शिलान्यासको पुराण लेखाएर गए,
त्यो पर्दैन भन्दै घोक्रेठ्याक खाएर गए,
नेपाली जनतालाइ ५५ हजार रिण बोकाएर गए ।

उखान र टुक्काको महाराज बनेर गए,
भ्रष्टलाइ आशिर्वाद दिएर गए,
आफना गुटलाइ तथास्तु भनेर गए ,
देश र जनताको लागि भष्मासुर बनेर गए ,।

तपाईको प्रतिक्रिया

%d bloggers like this: