समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी
उदयपुर। साबिक हडिया गाबिस हालको चौदण्डीगढी नगरपालिका वडा नं ९ र १० मा काङ्ग्रेस एकताको बलियो संदेश देखिएको छ।
तत्कालीन हडिया गाबिस हुँदा काङ्ग्रेसका गाबिस अध्यक्ष रहेका अर्जुन दाहाल र हाल चौदण्डीगढी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामकुमार खडका बिच भएको छलफल र सहमतिले काङ्ग्रेस गुटको अन्त्यको संदेश दिएको छ।
आज दुई नेताहरू बिच भएको छलफलले काङ्ग्रेसमा एकताको बलियो संदेश दिए संगै आसन्न काङ्ग्रेस महाधिवेशनमा चौदण्डीगढीमा कसको पल्ला भारी हुनेहो सहज अड्कल गर्न कठिन हुने निश्चित जस्तै बनेको छ।
काङ्ग्रेसको गाउँ, नगर देखि जिल्ला हुँदै केन्द्र सम्म प्रभाव पार्न सक्ने दुई नेताहरु खड्का र दाहाल बिच सहमति र एकता भए संगै आसन्न महाधिवेशनमा गाँउ, नगर क्षेत्रमा सहमति र सहकार्य गर्दै साझा उमेदवार उठाउने बारेमा समेत सहमति जुटेको काङ्ग्रेसका स्थानीय नेता चन्द्रलाल गिरीले जानकारी दिनु भएको छ।
बिगत ४ दशक लामो काङ्ग्रेसको राजनीति गरेका अर्जुन दाहाल पार्टीको नेतृत्वका कारण राजनीति ओझेलमा परेको भए पनि पार्टी भित्रको शुद्धीकरण आवस्यक रहेकोले आफू पुनः पार्टीको नेतृत्वमा आउन चाहेको बताउनु हुन्छ।
वहाँको चाहना र पार्टीको शुद्धीकरणको आवस्यकतालाई मध्यनजर गर्दै पार्टीलाई एक ढिक्का बनाएर सहमतिको आधारमा सामुहिक नेतृत्व चयन गरेर अघि बढ्ने सहमति भएको रामकुमार खड्काले जानकारी दिनु भएको छ।
काङ्ग्रेसको १३औं महाधिवेशन र स्थानीय तथा प्रदेश र संघीय चुनाव बाट दुरी बढेको खड्का र दाहालको एकताले काङ्ग्रेस भित्रको गुटको अन्त्यको संदेश दिएको छ भने चौदण्डीगढी नगरपालिका भित्र वा जिल्ला, केन्द्रमा समेत काङ्रेसमा गुटगत राजनीति रहेको भए त्यसलाई चिरेर सिंगो पार्टी एक भएर अघी बढ्न संदेश दिएको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया

%d bloggers like this: