समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

उदयपुर। चौदण्डीगढी नगरपालिका नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगरकमिटीले आज सर्वोच्च अदालतको फैसलाको बिरुद्ध बिरोध प्रदर्शन गरेको छ।

नगरको बेल्टार बजारमा आज राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीको आयोजनामा बिरोध प्रदर्शन गरिएको हो। सर्वोच्च अदालतले पहिलो प्रतिनिसभा विघटनजस्तै दोस्रो पटकको विघटनलाई पनि असंवैधानिक ठहर गरेको थियो।

अदालतको फैसलामा संघीय संसद्‌को प्रतिनिधिसभाको विवादित विघटन कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (५) र उपधारा (७) मा रहेको प्रावधान, संविधानले आत्मासात् गरेको लोकतान्त्रिक आदर्श, मूल्य-मान्यता, संविधानवाद तथा संवैधानिक नैतिकता अनुकूल देखिन आएन त्यस्तै अदातले पछिल्लो विघटनलाई गत फागुन ११ मा अदालतले गरेको संविधानको व्याख्या र जारी गरिएको आदेशको मर्म अनुकूल पनि नभएको बताउदै दोश्रो पटक संसद पुनर्स्थापना गरेको थियो।

सर्बोच्च अदालतले आफ्नो फैसलामा समय तोकेरै प्रधानमन्त्रीको दाबी गरिएका देउवालाई नियुक्त गर्न परामादेश समेत जारी गरेको थियो।

अदालतको उक्त फैसलाको बिरोधमा राष्ट्रिय युवा संघ नेपालले यतीबेला देशभर बिरोध प्रदर्शन गर्दैआज राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीको आयोजना भएको बिरोध कार्यक्रममा प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणाको पुत्ला दहनको समेत कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगरकमिटी अध्यक्ष अनुपराज खत्रीले जानकारी दिएका छन यद्यपी पुत्ला दहनमा प्रहरी हस्तक्षेप गरेको थियो।

राकेजुलस र पुत्ला सहित निक्लेको प्रदर्शनकारीलाई प्रहरीले बजार क्षेत्रमा निक्लिनासाथ रोकेको थियो ।

प्रहरीको अबरोध पछी बजारको पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको बिरोध कार्यक्रमलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्र सदस्य दिनेश खड्का, नेप्सुहाङ राइ, अनेरासुवियु केन्द्रिय सदस्य सुरेन्द्र बस्नेत लगायतले सम्बोधन गरेका थिए।

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: