समाचार/लेखलाई सेयर गर्नुहोस् ।


अन्जनी कुमार अधिकारी
उदयपुर। विश्व बातावरण दिवस तथा साइक्लिङ कोरा च्यालेन्ज २०२१ को अवसर पारी चौदण्डीगढी नगरपालिकाको आयोजना र चौदण्डीगढी साइकल सिटी बेल्टारको सहआयोजनामा आज शनिवार उदयपुर कोभिड १९ अस्पातल बेल्टार सातधारेमा बृक्षारोपण गरिएको छ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईको उपस्थितीमा जिल्ला डिभिजन बन कार्यालय उदयपुरका प्रमुख अम्बिका प्रशाद पौडेल, सुचना अधिकारी जागेस्वर शाह, सामुदायिक बन महासंघका उदयपुरका जिल्ला अध्यक्ष कुसलबाबु बस्नेत, ज्ञानेन्द्र प्रधानको संयोजनमा रहेको चौदण्डीगढी साइकल सिटी बेल्टारको टिमाले उदयपुर कोभिड १९ अस्पातल बेल्तार सातधारेमा कारीव ३ सय वटा बिरुवा रोपेको हो।
चौदण्डीगढी साइकल सिटी बेल्टारले बिहान बेल्टार बजारको पुष्पलचोक बाट सुरु गरेको साइक्लिङ कोरा च्यालेन्ज २०२१ वडा नं ७ को श्रीपञ्चमी पुगेर श्रीबस्न्त पन्चमी सामुदायीक बन उपभोक्ता समितीको आयोजनामा १५० वटा बिरुवा रोपेर नगरको वडा नं ८ हुँदै, नगरकै वडा नं २ माडिवास, बेलाका नगरपालिकाको शिखरमाडी, चौदण्डीगढी नगरपालिकाको वडा नं ३, ४, ५ हुँदै लगभग ५० किलोमिटरको यात्राा पस्चात नगरको वडा नं ६ मा अवस्थित उदयपुर कोभिड १९ अस्पातल पुगेर पुन: बृक्षारोपण पस्चात समापन भएको थियो।

कृपया यो पेज Like गर्नु होला


लगभग ५० किलोमिटरको साइकल यात्रा गरी उदयपुर कोभिड अस्पातल पुगेको चौदण्डीगढी साइकल सिटी बेल्टारको टिम, चौदण्दीगढी नगरपालिका, जिल्ला डिभिजन बन कार्यालय उदयपुर तथा सामुदायिक बन महासंघ उदयपुरका प्रतिनिधीले संयुक्तरुपमा ३ सय वटा आँप, कटहर, लिच्ची, हर्‍ो, बर्‍ो, असोक जातका बिरुवा बृक्षारोपण गरेको थियो।
बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ भने साइकल यात्रााले शहर तथा गाँउ वस्तीको बातावरण स्वछ हुने साइकल र्यालीका अभियन्ता समेत रहेका नगर प्रमुख खगेन्द्र राइले जानकारी दिनु भएको छ।
उता स्वछ बातावरण बनाउन आफ्नो एरियालाई हरित बनाउनु पर्ने भन्दै विश्व बातावरण दिवस तथा साइक्लिङ कोरा च्यालेन्ज २०२१ को अवसर पारेर आज बृक्षारोपण गरिएको जिल्ला डिभिजन बन कार्यालय उदयपुरका प्रमुख अम्बिका प्रशाद पौडेलले जानकारी दिनु भएको छ।
मानव, जीव–जन्तुदेखि रुख–विरुवा पनि वातावरणमा निर्भर रहेको हुन्छ तेसैले वातावरण सफा राख्न हरियाली आवश्यक रहेको भन्दै हरित शहर, हरित जिल्ला हुँदै देशनै हराभरा बनाउनु पर्ने सामुदायिक बन महासंघ उदयपुरका जिल्ला अध्यक्ष कुसलबाबु बस्नेतले धारणा राख्नु भएको थियो।
चौदण्डीगढी साइकल सिटी बेल्टारले विश्वभर जुलाई १७ तारिकको दिन मनाइने कोरा च्यालेन्ज हरेक बर्ष बिभिन्न कार्यक्रमको आयोजना गर्दै साइकल यात्रा गरेर मनाउदै आएको छ।

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: