समाचार/लेखलाई सेयर गर्नुहोस् ।


अन्जनी कुमार अधिकारी
उदयपुर। चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नै भवन निर्माण गरेको छ।
नगरपालिकाले ५ लाख बजेट बिनियोजन गरिदिए संगै संस्थाले आफ्नै भवन निर्माण गरेको हो।
नगरको वडा नं ६ सातधारे स्थित कोभिड अस्पताल नजिक रहेको साबिक आंपखरे सामुदायिक बन क्षेत्रमा वडा अध्यक्ष कमल ध्वज राई र सामुदायिक बनका अध्यक्ष बलधन राईको पहल र समन्वयमा जग्गा उपलब्ध भए पछी उक्त भवन निर्माण हुन संभव भएको संस्थाका पदाधिकारीले जानकारी दिएका छन।
नव निर्मित भवनको आज एक कार्यक्रमका बिच नगर प्रमुख खगेन्द्र राईले उद्घाटन गर्नु भएको छ।
उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष रामकृष्ण बस्नेतको सभापतित्व र नगर प्रमुख खगेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विशेष अतिथिमा वडा अध्यक्ष कमलध्वज राई रहनु भएको थियो।
उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै वडा अध्यक्ष राईले संस्था भएको स्थानमा खानेपानी र शौचालयको समस्या देखिएको त्यसको लागि नगरपालिका संग समन्वय गरि ब्यबस्थापन गरिने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो।
नगर प्रमुख खगेन्द्र राईले संस्थाको नामनै कृषि सहकारी भएकोले कृषि क्षेत्रमा काम गर्न संस्थालाई आग्रह गर्दै हाम्रो जस्तो कृषिप्रधान देशमा कृषी क्षेत्रमा लगानी कम हुनु दुःखद् रहेको तर्क राख्नु भएको थियो।
आज आफ्नै भवन निर्माण गरेको बेल्टारकै पुरानो साना किसान कृषि सहकारी संस्था लिमिटेडमा हाल ७ सय सेयर सदस्य रहेको संस्थाका कोषाध्यक्ष हरी खड्काले बताउनु भयो।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: