समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर। त्रियुगा नगरपालिका ३ बगहामा आज मंगलबार अपरान्ह वर्षासँगै आएको चट्याङमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ बगहाका ३९ वर्षिय ललिता सदा र ठाडी बस्ने ३० वर्षिय फुलकुमारी सदा रहेको प्रहरी जनाएको छ।
बगहामा धान रोपिरहेका उनीहरुलाई चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिएका छन । उनका अनुसार खेतमा धान रोप्दै गरेको अवस्थामा उनीहरुलाई चट्याङ् लागेर घाइते भएका थिए। घाइते उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया

%d bloggers like this: