समाचार/लेखलाई सेयर गर्नुहोस् ।


अन्जनी कुमार अधिकारी
उदयपुर। साबिकको हडिया गा.बि.स. हाल चौनपा १० खैराहा बाट त्रियुगा नगरपालिका गाइघाट स्थायी बसोबास गर्न पुग्नुभएका शुश्मा बिष्ट अधिकारी र हाल अमेरिकामा रहनु भएका प्रज्वल अधिकारीले भाइ उज्वल अधिकारीको नाममा रहेको “उज्वल अधिकारी प्रतिष्ठान” मार्फत आज चौदण्डीगढी नगरपालिका ६ बेल्टार सातधारेमा रहेको उदयपुर कोभिड १९ अस्पताललाई १ थान अक्सिजन कन्सेन्ट्रेटर प्रदान गर्नु भएको छ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा मदन भण्डारी आँखा अस्पताल उदयपुरका अध्यक्ष समेत रहेका भागवत राउतको समन्वयमा उक्त अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरिएको हो।
शुश्मा बिष्ट अधिकारीको नेतृत्वमा आएको टोलीले अस्पातल पेरिसरमै पुगेर नगर प्रमुख खगेन्द्र राई र नगर स्वास्थ्य शाखा उपसंयोजक तेज बहादुर पोखरेललाई हस्तान्तरण गर्नु भएको छ।
प्रती मिनेट १० लिटर अक्सिजन प्रदान गर्ने क्षमता रहेको उक्त अक्सिजन कन्सेन्ट्रेटरको मूल्य करिब २ लाख पर्ने बताइएको छ।
समाजसेवामा अब्बल मानिएका प्रज्वल अधिकारी लामो समय नेपाल प्रहरीमा कार्यरत रहेर राष्ट्रलाई सेवा गरेका ब्याक्तित्व हुन भने हाल उनी अमेरिकामा रहेका छन। अमेरिका रहेर पनि मातृभुमीमा आफ्ना दाजुभाइ दिदिबहिनीको पिडामा केही हदसम्म मद्धत गर्ने उद्देश्यले प्राणवायु जस्तो चिज सहयोग गर्दै आउनु भएको छ।
सहयोगी भावना रहेका अधिकारीले यस अघि सदरमुकाम गाइघाटमा स्थित मदन भण्डारी आँखा अस्पतालमा रहेको कोभिड आइसोलेसन सेन्टरको लागि पनि २ थान सोही क्षमताको अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरिसक्नु भएको छ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: